close

‘ओमोडा’ ब्राण्डको बिजुली गाडी नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

असोज १२, २०८० १७:३७

‘ओमोडा’ ब्राण्डको बिजुली गाडी नेपाली बजारमा आउँदै

 

काठमाडौं । चिनियाँ निर्माता चेरी अटोमोबाइलले तयार पारेकाे ‘ओमोडा’ ब्राण्डको बिजुली गाडी नेपाली बजारमा सार्वजनिक हुने भएकाे छ ।

चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीपी अटोमोबाइलले ओमोडाकाे ‘ई फाइभ’ (E5) माेडेल भित्र्याउन लागेकाे हाे । तर कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा एसपीपीले कुनै जानकारी दिएकाे छ ।

आउँदाे असोज २२ गते एक कार्यक्रम गर्दै ओमोडा ईभीबारे सम्पूर्ण जानकारी दिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८० १७:३७