काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज सार्वजनिक गरेको छ । दशैं तिहारको अवसर पारी कम्पनीले ४३ इन्चदेखि देखि ८५ इन्चसम्मका टिभी बजारमा उपलब्ध गराएको हो ।
यी सबै प्रकारका टिभीमा सामसङका फ्ल्यागशिप फिचरहरु जडित रहेको कम्पनीले जनाएको छ । यसअन्तर्गत सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिङ्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडिओ कल गर्न मिल्ने सुविधा लगायत छन् ।
यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएकाे कम्पनीकाे भनाइ छ ।
नयाँ Crystal UHD CU7700, CU8000, QLED TVs Q60C सिरिजहरूमा चाडबाड अफर मार्फत उपभोक्ताले ४१ प्रतिशतसम्म छुट र ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सबै २०२३ टिभीहरूमा तीन वर्षको पूर्ण वारेन्टी दिइएकाे छ ।
नयाँ सी-सिरिजको मूल्य चाडपर्व अफरमा ७२ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
नयाँ २०२३ सामसङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक बिक्रेता त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन ।
ग्राहकले सामसङबाट शून्य प्रतिशत ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झटमुक्त इन्स्टा फाइनान्समा खरिद र अर्कोस्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्ने कम्पनीले जनाएको छ ।