close

सबै एन्ड्रोइड फोनमा ‘रिपेयर मोड’ सुविधा दिँदै गुगल

टेकपाना टेकपाना

कात्तिक ४, २०८० १५:२१

सबै एन्ड्रोइड फोनमा ‘रिपेयर मोड’ सुविधा दिँदै गुगल

 

काठमाडौं । गुगलले एन्ड्रोइड डिभाइसका लागि 'रिपेयर मोड' नामक नयाँ सुविधा ल्याउने भएकाे छ ।​ विभिन्न सञ्चारमाध्यमका अनुसार याे सुविधा सामसङको मेन्टेनेन्स मोड फिचरसँग मिल्दोजुल्दो हुनेछ ।

रिपेयर मोड एक्टिभेट गरेपछि डिभाइसमा एक अलग प्रोफाइल सिर्जना हुन्छ, जसमा प्रयोगकर्ताको व्यक्तिगत डेटा लक हुन्छ । यसको मतलब फोन प्रयोगकर्ताले आफ्नो डिभाइस मर्मत गर्नुअघि डेटा ब्याकअप र रिसेट गर्नु पर्दैन ।

गुगल पिक्सेल फोनहरूमा मात्र नभएर सबै एन्ड्रोइड फोनहरूमा याे सुविधा उपलब्ध गराउने गुगलकाे तयारी छ । यसको प्रयोगले फ्याक्ट्री रिसेट जसरी डेटा मेटाउँदैन । यसले तपाइँको डेटा सुरक्षित राख्न डाइनामिक सिस्टम अपडेट भनिने विशेष विधि प्रयोग गर्दछ ।

जब तपाइँ रिपेयर मोड एक्टिभेट गर्नुहुन्छ, फोन निर्माताहरूले गुगल वा आफ्नै ओएस संस्करण छनौट गर्न सक्छन् । प्राविधिकहरूले तपाईंका व्यक्तिगत फाइल वा डेटा नहेरी फोनको हार्डवेयर र कार्यसम्पादन परीक्षण गर्न रिपेयर मोड प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० १५:२१