काठमाडौं । दशैं पारिवारिक जमघट जुर्याइदिने पर्व हो । दशैं सबै आफन्त, नातेदार र इष्टमित्रलाई एक ठाउँमा भेला बनाएर खुसीको माहोल सिर्जना गर्ने चाडका रूपमा पनि हेरिन्छ । यस्तो पल वर्षमा बिरलै आउने भएकाले सम्झनाका लागि फोटो निकै महत्त्वपूर्ण हुन्छन् ।
फोटो खिच्नका लागि सबैसँग डीएसएलआर क्यामेरा वा स्तरीय फोन नहुन सक्छ । आफूसँग भएको फोनले राम्रो फोटो नखिच्दने भएपछि तपाईंलाई फोटो खिच्नै मन नलागेको हुन सक्छ । आज हामी त्यस्तो आई एपको बारेमा चर्चा गर्दैछौं जसले कम गुणस्तरका फोटोलाई आर्टिफिसियल इन्टेलिजेनन्सको प्रयोग गरी स्तरीय बनाउँछ ।
हामीले चर्चा गर्न लागेको एपको नाम 'रेमिनी' हो । तपाईंहरूमध्ये केहीले यस एपका विशेषता थाहा पाइसक्नु भएको हुनसक्छ । रेमिनी एपलाई फोटोको क्वालिटी बढाउनका लागि मात्र नभई ब्याकग्राउन्डलाई स्तरीय बनाउन समेत समेत प्रयोग गर्न सकिन्छ ।
यस एपका अधिकांश फिचरहरू सशुल्क छन् । निःशुल्क फोटोलाई स्तरीय बनाउनका लागि कम्तीमा ३० सेकेन्डसम्मको विज्ञापन हेर्नुपर्ने हुन्छ । त्यस्तै दिनमा पनि सीमित फोटो मात्र एडिट गर्न सकिने सुविधा दिइएको हुन्छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि उपयुक्त हुनसक्छ । आईओएस प्रयोगकर्ताले प्रयोग गर्नका लागि भने केही दिनको फ्रि ट्रायलमार्फत प्रयोग गर्नुपर्ने हुन्छ ।
- सबैभन्दा पहिले यहाँ क्लिक गरी एन्ड्रोइड प्रयोगकर्ताले एप इन्स्टल गर्नुहोस् ।
- इन्स्टल गरिसकेपछि एप खोल्नुहोस् ।
- अनि सबैभन्दा पहिले स्क्रिनमा देखिने 'गेट स्टार्टेड' (Get Started) को बटनमा ट्याप गर्नुहोस् ।
- अनि अर्को पेजलाई सोझै स्किप गर्नुहोस् ।
- यति गरेपछि प्राइभेसी टर्म्स एन्ड कन्डिसनलाई एसेप्ट वा डिक्लाइन गर्न सक्नुहुन्छ ।
- र, त्यसपछि दायाँपट्टि सोझिएको तिर देखिन्छ । त्यसैमा ट्याप गर्नुहोस् । अर्को पनि त्यसरी नै ट्याप गर्नुहोस् । त्यसपछि देखिने अर्को एर्रो पनि ट्याप गर्नुहोस् ।
- यति गरेपछि सबैभन्दा माथि बायाँपट्टि भएको क्रस आइकन ट्याप गर्नुहोस् ।
- अनि फोटोजको एक्सेस दिनु भनिएको 'Give Access to photos' को बटनमा ट्याप गरी ग्यालरीको एक्सेस दिनुहोस् । र, अलाउ (Allow) को बटनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि आफूले हाई क्वालिटी बनाउन खोजेको फोटो छान्नुहोस् । र, इन्हयान्स (Enhance) को बटनमा ट्याप गर्नुहोस् । त्यसको केही समयपछि फोटो तयार हुन्छ ।
- डाउनलोड गर्नका लागि माथि दायाँपट्टि देखाइएको डाउनलोडको आइकनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि स्क्रिनमा विज्ञापन देखिन्छ । विज्ञापन सकिएपछि तपाईंको डिभाइसमा सो फोटो सेभ हुन्छ ।