close

यसरी निःशुल्क हेर्नुहोस् प्रेमगीत ३ देखि चिसो मान्छेसम्मका फिल्म

टेकपाना टेकपाना

कात्तिक ७, २०८० १६:३७

यसरी निःशुल्क हेर्नुहोस् प्रेमगीत ३ देखि  चिसो मान्छेसम्मका फिल्म

काठमाडौं । दशैंको मौका पारेर अनलाइन माध्यममा विभिन्न नेपाली फिल्महरू सार्वजनिक भइरहेका छन् । हालै मात्र युट्युबमा बिपिन कार्की तथा दयाहाङ राई अभिनीत फिल्म फूलबारी सार्वजनिक भइसकेको छ । त्यस्तै अभिनेता अनमोल केसी तथा स्व. रोबिन तामाङ अभिनीत फिल्म छड्के २.० पनि हालै मात्र युट्युबमा रिलिज भएको छ ।  

फिल्म प्रडक्सन टिमले आफूले तयार पारेका फिल्महरू अनलाइन प्लेटफर्ममा सार्वजनिक गरिरहेका छन् । विभिन्न ओटीटी प्लेटफर्म जस्तै सिनेमाघर, कान्तिपुर सिनेमाज, भिडिओ पसल, नेटटीभीमा शुल्क तिरेर हेर्न सकिने विभिन्न फिल्महरू सार्वजनिक भएका छन् । ती प्लेटफर्ममा महापुरुष, जारी, कबड्डी ४, छक्का पञ्जा ४ लगायतका फिल्महरू उपलब्ध छन् । यी फिल्म हेर्नका लागि भने शुल्क तिर्नुपर्ने हुन्छ ।

तर, ‘डिशहोम गो’मा पछिल्लो समय सर्वाधिक चर्चा बटुलेका प्रेमगीत ३, झिंगेदाउ तथा चिसो मान्छे जस्ता फिल्म निःशुल्क हेर्न सुविधा दिइएको छ । वेब, प्लेस्टोर तथा एपस्टोरमा ‘दिशहोम गो’ सर्च गरेर डाउनलोड गरी साइनअप गरिसकेपछि यी फिल्म निःशुल्क हेर्न सकिन्छ । 

प्रेम गीत ३, २०२२ मा सार्वजनिक भएको नेपाली भाषाको फिल्म हो । यसलाई नेपालसँगै भारतमा पनि हिन्दीमा डब गरी रिलिज गरिएको थियो ।  स्व. छेतन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित तथा आसुसेन फिल्म्स प्रोडक्सनमा निर्माण भएको फिल्म पहिलो इन्डो नेपाल फिल्म भएको दाबी गरिएको छ ।

त्यस्तै चिसो मान्छे, दिपेन्द्र के. खनालद्वारा निर्देशित एक नेपाली फिल्म हो । यो फिल्म २०७९ सालमा रिलिज भएको थियो । कतारको मरुभूमिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा शव आउँछ । मृत पुरुषकी श्रीमती, बुवा र गाडी चालक विमानस्थलमा शव लिन आउँछन् । उनीहरू काठमाडौँबाट बाजुरासम्म शव लिएर जान्छन् । फिल्मको कथा त्यही बाटोभरि के कस्ता घटना भए भन्नेमा केन्द्रित छ ।

वेबमा यहाँ, एन्ड्रोइडमा यहाँ र आईओएसमा यहाँ क्लिक गरी डिशहोम गो एप इन्स्टल गर्न सकिन्छ । एप इन्स्टल भइसकेपछि उपयुक्त माध्यम छानेर लगइन गरिसकेपछि यी फिल्म निःशुल्क हेर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८० १६:५०