close

भारतमा अब टाटा कम्पनीले आईफोन बनाउने

टेकपाना टेकपाना

कात्तिक १२, २०८० ९:२७

भारतमा अब टाटा कम्पनीले आईफोन बनाउने

काठमाडौं । एप्पलले सन् २०१७ देखि भारतमा आईफोन एसेम्बल गर्दै आइरहेको छ । भारतमा आईफोन एसेम्बल गर्न फक्सकन र विस्ट्रोनले साझेदारी गर्दै आएकोमा विस्ट्रोनले चाँडै नै भारतमा आईफोन व्यवसाय छोड्ने निधो गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टाटा इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड (टीईपीएल)ले विस्ट्रोनको शतप्रतिशत शेयर खरिद गर्दैछ । योसँगै टाटा आईफोन उत्पादन गर्ने पहिलो भारतीय कम्पनी बन्नेछ ।

टाटाले करिब १२५ मिलियन डलर (साढे १६ खर्ब रुपैयाँ बढी) मा विस्ट्रोनको शेयर किन्न लागेको हो । घरेलु र विश्वव्यापी बजारमा बिक्रीको लागि टाटाले भारतमा आईफोनहरू उत्पादन गर्ने बताइएको छ ।

यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको 'मेक इन इण्डिया' पहलको लागि महत्त्वपूर्ण प्रोत्साहन भएको र यसले अन्य विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्डहरूलाई पनि आकर्षित गर्ने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८० ९:३५