close

दूरसञ्चार प्राधिकरण भन्छ- अझै पनि टिकटक चलिरहे खबर गर्नू

टेकपाना टेकपाना

मंसिर २, २०८० २२:११

दूरसञ्चार प्राधिकरण भन्छ- अझै पनि टिकटक चलिरहे खबर गर्नू

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ । शनिवार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको पहुँच दिने सेवाप्रदायकबारे खबर गर्न सेवाग्राहीलाई अनुरोध गरेको हो ।

सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटककाे माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेबमोजिम उक्त निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ ।

''प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको ईमेल ठेगाना [email protected] मा ईमेल गरी त्यस्तो कम्पनीको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,'' सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८० १०:६