close

पब्जी विश्वकपबाट बाहिरियो नेपाली टिम डीआरएस गेमिङ

टेकपाना टेकपाना

मंसिर ४, २०८० ८:५३

पब्जी विश्वकपबाट बाहिरियो नेपाली टिम डीआरएस गेमिङ

काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम डीआरएस गेमिङ बाहिरिएको छ । अङ्क तालिकामा शीर्ष ११ भित्र पर्न नसक्दा टिम ग्रुप स्टेजबाट नै बाहिरिएको हो ।

एल्लो ग्रुपमा रहेको डीआरएस गेमिङले आफ्नो सबै खेल खेलिसक्दा ९४ पोइन्टमात्र बटुलेको छ, जसमा ७० एलिमिनेसन पोइन्ट समावेश छ । ग्रुप स्टेजभर एक चिकेन डिनर पनि गर्न नसकेको डीआरएस १६ टिममध्ये १५औं स्थानमा रहेको छ ।

एल्लो ग्रुपमा विजेता भने ‘मेजर प्राइड’ बनेको छ । ‘मेजर प्राइड’ले दुई चिकेन डिनर र ९६ एलिमिनेसन पोइन्टसहित कुल १८३ पोइन्ट ल्याएको छ । त्यस्तै दोस्रो स्थानमा ‘फोमिराकल भाइब्स’ र तेस्रो स्थानमा ‘डब्लुबीजी’ रहेका छन् ।

यी तीन टिमले पीएमजीसी २०२३ को फाइनलमा सिधै स्थान बनाइसकेका छन् । अङ्क तालिकामा चौंथोदेखि ११औँ स्थानमा रहेका टिमले भने २२ नोभेम्बर देखि २४ नोभेम्बरसम्म चल्ने सर्भाइबल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइबल स्टेजमा गुप एल्लोका आठ, ग्रुप रेडका आठ र ग्रुप ग्रीनका आठ गरी कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने टिमले पुन: लास्ट चान्स स्टेजमा एकअर्का विरुद्ध खेल्नेछन् ।

लास्ट चान्सबाट शीर्ष पाँच टिमले मात्र फाइनलमा स्थान बनाउने छन् । फाइनलमा ग्रुप स्टेजबाट सिधै आएका ९ टिम, लास्ट चान्सबाट आएका पाँच टिम र दुई आमन्त्रित टिम गरी कुल १६ टिमले पीएमजीसी २०२३ को उपाधिको लागि भिड्नेछन् । अन्तिम चरण अर्थात् फाइनलको खेल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० ९:१७