close

नेसनल पेमेन्ट स्विचमा जोडियो लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स

टेकपाना टेकपाना

मंसिर १०, २०८० १३:१४

नेसनल पेमेन्ट स्विचमा जोडियो लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड आबद्ध भएको छ । ​विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ हालै यी दुई संस्थाबीच सम्झौता भएको हो ।

यो सम्झौतासँगै लिबर्टी माइक्रो लाइफ एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । ​यसअन्तर्गत लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।  

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् । त्यस्तै १६ बीमा कम्पनीहरूका साथै अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरू गरी एक सयभन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८० १३:१५