close

६ लाख स्मार्ट कार्ड आज आउँदै, माघदेखि दैनिक ७ हजार लाइसेन्स छापिने

टेकपाना टेकपाना

पुस २६, २०८० १४:०

६ लाख स्मार्ट कार्ड आज आउँदै, माघदेखि दैनिक ७ हजार लाइसेन्स छापिने

 

काठमाडौं । झन्डै आठ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम माघ महिनादेखि पुनः सुरु हुने भएको छ । ड्राइभिङ लाइसेन्स छपाइका लागि चाहिने कार्ड आज (बिहीवार) नेपाल आउने भएसँगै पुनः लाइसेन्स छपाइको काम सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले कार्ड कतार एयरलाइन्सको विमानमार्फत आज नेपाल पुग्ने  बताए । उनका अनुसार छपाइका लागि आवश्यक पर्ने कार्ड दुई वर्षदेखि नेपाल आउन छोडेको थियो भने आठ महिनादेखि छपाइको काम ठप्प थियो ।

“आज छ लाख कार्ड नेपाल आउँदैछ,” महानिर्देशक रिजालले टेकपानासँग भने, “हामी माग महिनाको पहिलो सातादेखि पुनः लाइसेन्स प्रिन्टको काम अगाडि बढाउँछौं ।”

कार्ड छाप्न सरकार र जर्मनी कम्पनी मुहेल्बर आईडी सेवा जीएमबीएचसँग गत फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त कम्पनीले पहिलो चरणमा छ लाख कार्ड र अर्को चरणमा बाँकी छ लाख कार्ड नेपाल पठाउने छ ।

कार्ड नेपाल आइपुगेसँगै कार्ड छाप्ने मसिनको अवस्था हेरेर दैनिक सातदेखि १० हजार कार्ड छाप्ने तयारी गरिरहेको महानिर्देशक रिजालले सुनाए ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० १४:०