close

एउटा मात्रै सूचना राखेर सञ्चालनमा आयो त्रिवि पनिकाको वेबसाइट, ह्याकिङ घटनामा छानबिन हुँदै

टेकपाना टेकपाना

माघ २८, २०८० १२:३८

एउटा मात्रै सूचना राखेर सञ्चालनमा आयो त्रिवि पनिकाको वेबसाइट, ह्याकिङ घटनामा छानबिन हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट चलेको छ । कार्यालयले परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी एउटा सूचना राख्दै वेबसाइट सञ्चालनमा ल्याएको हो । ​पनिकाको वेबसाइट सञ्चालनमा आए पनि पूर्ण रुपमा सक्रिय छैन ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले वेबसाइट रिकभर गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । चाँडै बैठक बसेर पनिकाले दिने सबै सेवा सुविधा वेबसाइटमा उपलब्ध गराउने उनले बताए ।

वेबसाइट ह्याक घटनाबारे छानबिन गर्न त्रिविले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्राडा. शशिधरराम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत १९ माघमा गठन भएकाे उक्त समितिको अध्ययन प्रतिवेदन बुझाउन १५ दिनको समय पाएको छ । प्रतिवेदन का आधारमा छलफल गरेपछि वेबसाइट पूर्ण सञ्चालनमा आउने पनिका प्रमुख जोशीले बताए ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १२:४९