close

१६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज सहित ‘अनर एक्स एट बी’ आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

फागुन ११, २०८० १३:५०

१६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज सहित ‘अनर एक्स एट बी’ आउँदै, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा अनर ब्राण्डको नयाँ स्मार्टफोन ‘अनर एक्स एट बी’ (Honor X8b) आउने भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले चाँडै नै यो मोडेल नेपाली बजारमा ल्याउन लागेको हो । 

‘द कम्प्युटर लेभल स्टोरेज’ ट्यागलाइन सहित आउने यो मोडेलमा ५१२ जीबीको स्टोरेज रहेको छ । कम्पनीका अनुसार यो फोन १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यसअन्तर्गत ८ जीबी इन्टर्नल र्‍याम र ८ जीबी टर्बो र्‍याम समावेश छ । 

एन्ड्रोइड १३ र क्वालकम स्न्यापड्रागन ६८० मा आधारित यो फोन म्याजिक ओएस ७.२ बाट चल्छ । विशाल स्टोरेज भएका कारण ग्राहकलाई कुनै चिन्ता नहुने र पर्फर्मेन्स पनि सहज बनाउने कम्पनीले जनाएको छ । 

यसमा १०८ मेगापिक्सेलको मुख्य सेन्सर, ५ मेगोपिक्सेलको वाइड सेन्सर र ५ मेगापिक्सेलकै म्याक्रो क्यामेरा सहित ट्रिपल क्यामेरा सिस्टम छ । सेल्फी पारखीका लागि ५० मेगापिक्सेलको क्यामेरा छ । ९० हर्जको रिफ्रेस रेट सहित ६.७ इन्चको एमोलेड डिस्प्ले रहेको फाेनको तौल जम्मा १६६ ग्राम रहेको छ । 

त्यस्तै यसमा ४५०० एमएएचको ब्याट्री रहेको छ । कम्पनीले सिङ्गल चार्जमा ४६ घण्टासम्ममा म्युजिक स्ट्रिमिङ, १३ घण्टा भिडिओ प्लेब्याक, १४ घण्टा छोटो भिडिओ क्लिप ब्राउजिङ र १७ घण्टा सोसल मिडिया ब्राउजिङ प्रदान गर्छ । यसमा ३५ वाटको सुपरचार्ज प्रविधि राखिएको छ । 

नेपाली बजारमा यो फोन ग्ल्यामरस ग्रीन, टाइटेनियम सिल्भर र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध हुने बताइएको छ । सेल्ट्रोन नेपालले यो फोनको मूल्य र सार्वजनिक मिति भने घोषणा गरेको छैन । 

यो फोन नेपाली बजारमा ३० हजार रुपैयाँ वरपरमा उपलब्ध हुने चर्चा छ । तर कम्पनीले भने यसबारे आधिकारिक जानकारी दिएको छैन ।

२६ फेब्रुअरीदेखि बार्सिलोनमा सुरू हुने मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा सार्वजनिक हुने यो फोन नेपालमा पनि त्यही बेला सार्वजनिक हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १७:११