close

एक्समा आयो ‘आर्टिकल्स’ फिचर, अब लामा लेख सिधै शेयर गर्न मिल्ने

टेकपाना टेकपाना

फागुन २७, २०८० १०:१४

एक्समा आयो ‘आर्टिकल्स’ फिचर, अब लामा लेख सिधै शेयर गर्न मिल्ने

काठमाडौं । सामाजिक सञ्जाल एक्सलाई सुपर एप बनाउने उद्देश्य लिएका एलन मस्कले प्लेटफर्ममा 'आर्टिकल्स' फिचर ल्याएका छन् । लिखित सामग्री प्लेटफर्मबाट सोझै शेयर गर्न मिल्नेगरी एक्समा 'आर्टिकल्स' फिचर आएको हो ।

यस फिचरबाट लेखलाई विभिन्न ढाँचामा सार्वजनिक गर्न सकिने छ । यसका लागि बोल्ड, इटालिक, स्ट्राइथ्रु, बुलेट पोइन्ट, नम्बर्ड लिस्ट आदि विकल्प दिइएका छन् । त्यस्तै यसमा फोटो तथा भिडिओ इम्बेड समेत गर्न सकिनेछ ।

यसरी तयार गरेको आर्टिकल एक पटक सार्वजनिक भएपछि प्रोफाइलमा आर्टिकल ट्याब देखा पर्नेछ । त्यसपछि सामान्य एक्स पोस्ट जसरी अन्य व्यक्तिहरूले उक्त लेख हेर्न सक्ने छन् ।

हालका लागि भने यो फिचर एक्सका प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १०:१५