close

आज गुगलको वार्षिक डेभलपर कन्फ्रेन्स हुँदै, एन्ड्रोइड १५ देखि पिक्सेल फोल्ड टुसम्म घोषणा हुने

टेकपाना टेकपाना

जेठ १, २०८१ १८:३१

आज गुगलको वार्षिक डेभलपर कन्फ्रेन्स हुँदै, एन्ड्रोइड १५ देखि पिक्सेल फोल्ड टुसम्म घोषणा हुने

काठमाडौं । गुगलले आज आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स गुगल आई/ओ २०२४ आयोजना गर्दै छ । नयाँ प्रविधि तथा ग्याजेटबारे जानकारी दिन कम्पनीले य:tf] कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ ।

सन् २००८ देखि निरन्तर भइरहेको यो कार्यक्रमबाट गुगलले ल्याउने नयाँ अपडेटबारे जानकारी पाउन सकिन्छ । यस पटक एन्ड्रोइड नेपाली समय अनुसार रातको १०:४५ बाट सुरु हुनेछ । 

यस वर्षको कार्यक्रममा गुगलले सार्वजनिक गर्ने प्रविधि तथा ग्याजेटबारे खासै सूचना बाहिरिएको छैन । तर पनि निम्न कुरा यस कार्यक्रममार्फत आउने अपेक्षा गर्न सकिन्छ: 

एन्ड्रोइड १५

यस पटकको गुगल आई/ओको मुख्य आकर्षण एन्ड्रोइड १५ हुन सक्छ । एन्ड्रोइडको उक्त नयाँ भर्सनमा एआईमा आधारित फिचर र सुधार गरिने अपेक्षा गरिएको छ ।

त्यस्तै स्याटलाइट मेसेजिङ, लक स्क्रिन विड्जेट, स्टाटस बार, ब्याट्री हेल्थ मोनिटरिङ आदिमा सुधार हुन सक्नेछन ।

जेमिनाई एआईमा सुधार

अर्को भनेको जेमिनाई एआईमा सुधार हो । जेमिनाई गुगलको अहिलेको सबैभन्दा चर्चित र शक्तिशाली एआई टुल मध्येको एक हो ।

यसमा हुने विभिन्न सुधारका विषयलाई गुगलले यस कार्यक्रम मार्फत जानकारी दिन सक्ने छ ।  

फिक्सेल फोल्ड टु

प्राय: गुगलले यस कार्यक्रममार्फत हार्डवेयरको घोषणा कमै दिने गर्ने गरेको छ ।  तर यस कार्यक्रम अघि नै पिक्सेल फोल्ड टुका बारे विभिन्न हल्लाहरू बाहिरिएको थियो ।

त्यसकारण गुगलले यस कार्यक्रममार्फत यो पिक्सेल फोल्ड टुको घोषणा गर्न सक्ने सम्भावना रहेको छ । 

कसरी हेर्ने कार्यक्रम ?

प्राय: गुगलले आफ्नो यो कार्यक्रम अनलाइनमा प्रत्यक्ष प्रसारण गर्ने गर्छ । गुगलको यो कार्यक्रम अनलाइनमार्फत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १८:३१