close

बीवाईडीद्वारा युरो कप फुटबल हेर्न जाने ११ नेपाली छनोट

टेकपाना टेकपाना

जेठ २, २०८१ १२:१२

बीवाईडीद्वारा युरो कप फुटबल हेर्न जाने ११ नेपाली छनोट

काठमाडौं  । विद्युतीय गाडी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले युरो कप २०२४ हेर्न जाने ११ नेपालीको छनोट गरेको छ । साइमेक्सले बीवाईडी गाडी खरिद गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र गरी शुक्रवार भाग्यशाली ११ जनालाई छनोट गरेको हो ।

यसअघि कम्पनीले बीवाईडीका गाडी किन्ने ग्राहकलाई लक्षित गर्दै ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको थियो । जसमा गत २६ फेब्रुअरीदेखि ५ मेसम्म बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकहरूलाई यस योजनामा समावेश गरिएको थियो । उनीहरुमध्येबाट शुक्रवार ११ जना विजेता घोषणा गरेको हो ।

बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्रमार्फत विजेता घोषणा गरेका हुन् । विजेताहरूले जर्मनीमा हुने ईएफए युरो कप २०२४ को खेल मैदानमा उपस्थित भई प्रत्यक्ष हेर्न पाउने छन् ।

जसमा बीवाईडी कस्टमर कार्निभलबाट जयराम न्यौपाने तथा लक्की ड्रबाट शास्वत गौतम, श्याम सुन्दर श्रेष्ठ, सुदर्शन श्रेष्ठ, गणेश कँडेल, ममता क्षेत्री, डा जगदीश तिमल्सिना, प्रदीप पौडेल, बिमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय छनोट भएका छन् । त्यस्तै बिजेन्द्र शाक्य, कविनराज श्रेष्ठ, दिनेश प्याठा यूरो कप हेर्न जान छनोट भएका छन् ।

साइमेक्स इन्कका चिफ मार्केटिङ अफिसर समीर श्रेष्ठले यस्ता योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्नुका साथै खेलकुद प्रति कम्पनीको समर्थनलाई दर्साउने बताए । उनले भने‘‘नेपाली अब युरो कपमा योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी छौं ।’’

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १२:१३