close

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ ५, २०८१ १४:४९

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

काठमाडौं । गर्मी मौसमबाट बच्ने विभिन्न तरिका छन् । तीमध्ये एक हो, एयर कन्डिन्सनर (एसी) जडान गर्ने । तर बिजुलीबाट चल्ने एसीलाई नियमित चलाउँदा बिलमा रकम पनि त्यही अनुसारको उठ्ने गर्छ । तर केही सामान्य तरिका अपनाउँदा बिजुलीमा उठ्ने भारी रकमलाई कम गर्न सकिन्छ ।

१. ठिक्कको तापक्रम सेट गर्नुहाेस् 

एसीलाई सबैभन्दा तल्लो तहमा चलाउँदा कोठा छिटो चिसिन्छ भन्ने विश्वास छ । तर सबै अवस्थामा यसले काम गर्दैन । र, यो तरिका शुल्कको नजरबाट त्यति उपयुक्त पनि हुँदैन । किनकि त्यो तापक्रममा एसीले धेरै ऊर्जा खपत गर्ने गर्छ । यदि तपाईं लामो समयसम्म एसी चलाउनुहुन्छ भने २४ डिग्री राख्नु उपयुक्त हुन्छ । यो स्वास्थ्यका लागि पनि उचित तापक्रम हो ।

२. नियमित रुपमा फिल्टर सफा गर्नुहाेस्

चाहे तपाईंकोमा विन्डो एसी होस् या स्लिप्ट एसी, कन्डिन्सर युनिट कोठा बाहिर नै राखिन्छ । तर लामो समय यसमा हुने फिल्टरलाई सफा नगर्दा चिसो बनाउने एसीको क्षमतामा असर पर्छ । यसकारण नियमित रुपमा एसी फिल्टर सफा गर्नु पर्छ । अथवा सर्भिसिङ गराइरहनु पर्छ । सामान्यत: वर्षमा दुई पटक सर्भसिङ गराउनु उचित हुन्छ ।

३. ढोका र झ्याल बन्द गर्नुहाेस्

एसी चलाउँदा त्यसलाई प्रभावकारी बनाउने सामान्य तरिका हो, ढोका वा झ्याल बन्द गर्नु । यसो गर्दा कोठाको हावा बाहिर जान पाउँदैन । जसले गर्दा उक्त हावालाई चिस्याउन एसीलाई खासै ऊर्जा आवश्यकता पर्दैन । यस अर्थमा तपाईंले एसीको प्रभावकारिता बढाउन होस् अथवा बिजुलीको रकम कम गर्न, एसी चलाउँदा सकेसम्म कोठाबाट हावालाई बाहिर जान दिनु हुँदैन ।

४. फ्यान चलाउनुहाेस् 

तपाईंसँग भएको कुनै पनि फ्यान एसीको लागि राम्रो साथी बन्न सक्छ । किन? किनकी एसीले फाल्ने चिसो हावालाई छोटो समयमा कोठाको सबैभागमा पुर्‍याउन फ्यानले भूमिका खेल्छ । चाहे त्यो सिलिङ फ्यान होस् या स्ट्यान्ड फ्यान, एसी चलाउँदा यसलाई पनि सँगै चलाउनु भयो भने तपाईंले आफ्नो बिलमा उठ्ने रकम कम गर्न सक्नुहुन्छ ।

५. टाइमर प्रयोग गर्नुहाेस्

एसीको खर्च कम गर्ने यो स्मार्ट तरिका हो । रातको समयमा विस्तारामा जान अघि तपाईंले आफ्नो एसीको टाइमर अन गर्न सक्नुहुन्छ । त्यसोगर्दा उक्त समय पश्चात आफैं एसी बन्द हुन्छ । त्यससमयमा सायद तपाईं पनि त निदाइसक्नुहुन्छ । तर त्यसो नगर्दा रातभर एसी चल्छ । जुन खासै काम पनि उपयोगी हुँदैन । बरु उल्टै त्यसले बिलमा रकम बढाउने मात्र गर्छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८१ १४:४९