close

वर्ल्डलिङ्क, भायानेट लगायतका कम्पनीको इन्टरनेटमा समस्या

टेकपाना टेकपाना

जेठ ११, २०८१ १३:३९

वर्ल्डलिङ्क, भायानेट लगायतका कम्पनीको इन्टरनेटमा समस्या

काठमाडौं । वर्ल्डलिङ्क, भायानेट लगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ । शुक्रवार बिहान करिब ११ बजेदेखि प्रमुख सेवाप्रदायकको इन्टरनेटमा समस्या देखिएको हो । ​यसअन्तर्गत ग्राहकले इन्टरनेट नचल्ने तथा स्लो हुने समस्या भोगिरहेको गुनासो गरेका छन् ।

यस विषयमा ग्राहकलाई जानकारी पठाउँदै भायानेटले अपस्ट्रिम प्रदायकबाट समस्या आएको जनाएको छ । त्यस्तै वर्ल्डलिङ्कले पनि अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सूचना निकालेको छ ।

एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिले सुनौलीमा भारतीय अपस्ट्रिम सेवाप्रदायक भारती एयरटेलको अप्टिकल फाइबरमा चुहावट हुँदा सेवा प्रभावित भएको जानकारी दिए ।

“एयरटेलको अप्टिकल फाइबर सुनौली नाकामा लिकेज हुँदा सेवा प्रभावित भएको छ,” उनले भने, “अन्य नाकाबाट भित्रिने ब्यान्डविथमा समस्या छैन । अहिले मर्मतको काम भइरहेको छ ।”

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ १३:५८