close

नेपाली बजारमा रियलमी १२ प्रो प्लस, प्रि-अर्डर गर्ने ग्राहकलाई इयरबड र अन्य उपहार घोषणा

टेकपाना टेकपाना

जेठ २१, २०८१ २१:९

नेपाली बजारमा रियलमी १२ प्रो प्लस, प्रि-अर्डर गर्ने ग्राहकलाई इयरबड र अन्य उपहार घोषणा

काठमाडौं । रियलमीको नयाँ फोन रियलमी १२ प्रो प्लस दराजमा अग्रिम बुकिङका लागि उपलब्ध भएको छ । ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रेजोलुसन भएको यस फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

रियलमी १२ प्रो प्लसको खरिदमा ग्राहकले फ्रि डेलिभरी सुविधा पाउनेछन् । त्यसबाहेक यो फोन खरिद गर्ने ग्राहकले टी-१०० इयरबड नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दराजबाट खरिद गर्ने ग्राहकले एक हजार रुपैयाँको डिस्काउन्ट भौचर पाउनेछन् । यसबाहेक ग्लोबल आईएमई बैंकबाट अनलाइन भुक्तानी गर्ने ग्राहकले ७५० रुपैयाँ अतिरिक्त छुट पाउनेछन् ।

यो अफर १९ जेठदेखि सुरु भएको हो । ग्राहकले माथि भनिएका अफरहरू २३ जेठसम्म फोन खरिद गर्दा पाउनेछन् । यो फोन क्वाल्कम स्न्यापड्रागन सेभेन एस जेन टु प्रोसेसरद्वारा सञ्चालित छ ।

१२ जीबी र्‍याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सकिन्छ । फोटोग्राफी तथा भिडिओ निर्माणमा चाख राख्नेका लागि रियलमी १२ प्रो प्लसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९०  ओआईएस क्यामेरा र ८ मेगापिक्सेलको वाइड एङ्गल क्यामेरा राखिएको छ । त्यस्तै सेल्फी क्यामेराका लागि यसमा ३२ मेगापिक्सेलको सेन्सर समावेश छ ।

१६१.४७ एमएम लम्बाइ, ७४.०२ एमएम चौडाइ र ८.७५ एमएम उचाइ रहेको यो फोनकाे ताैल १९६ ग्राम छ । यसमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर, एउटा टाइप-सी यूएसबी केबल, वारेन्टी कार्ड, सेफ्टी गाइड, क्विक गाइड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ ।

५००० एमएएच ब्याट्री क्षमता रहेको यो फोन सबमरिन ब्लु र एक्सप्लोरर रेड कलर भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा यो फोन ५० हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ २१:९