close

विन्डोज कम्प्युटरमा आफ्ना गतिविधि ट्र्याक नहोस् भन्ने चाहनुहुन्छ ? यो टिप्स प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

असार १, २०८१ १२:१४

विन्डोज कम्प्युटरमा आफ्ना गतिविधि ट्र्याक नहोस् भन्ने चाहनुहुन्छ ? यो टिप्स प्रयोग गर्नुहोस्

काठमाडौं । माइक्रोसफ्टले विन्डोज कम्प्युटरमा गरेका कामहरूको हिस्ट्री खोज्न मिल्ने एआई फिचर हालै हटाएको छ । डेभलपर र प्रयोगकर्ताहरूले यस फिचरले गोपनीयता र सुरक्षामाथि प्रश्न उठाउने भन्दै प्रतिरोध गएका थिए । किनकी सो फिचरले तपाईंको कम्प्युटरमा गरेका कामहरूको रेकर्ड गर्थ्यो । 

अहिले माइक्रोसफ्टले यो फिचर डिफल्ट रूपमा हटाएको बताएको छ । तर अझै पनि कतिपयले माइक्रोसफ्टले प्रयोगकर्ताका कामहरूको रेकर्ड गर्ने आरोप लगाउने गर्छन् । यसको बलियो प्रमाण माइक्रोसफ्टले 'एक्टिभिटी ट्रयाकिङ' नामक फिचरलाई अझै पनि राख्नु हो । 

माइक्रोसफ्टका अनुसार यस फिचरका कारण प्रयोगकर्ताहरूले आफ्ना डिभाइसहरूबीच डेटा सिङ्क गर्न सक्छन् । यसका साथै २०२१ पछाडिका डेटा प्राप्त गर्न सक्छन् । 

यसको अर्थ अहिले पनि माइक्रोसफ्टले कतै न कतै तपाईंको क्रियाकलापको रेकर्ड राख्ने तथा निगरानी गर्ने गरेकाे छ । तर तपाईंले विन्डोज १० र ११ मा यो फिचर आफैंले अफ गर्न सक्नुहुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

-विन्डोजको सेटिङमा जानुहोस् । 

-बायाँ भागमा भएको 'प्राइभेसी एन्ड सेक्युरिटी'मा क्लिक गर्नुहोस् । 

 

-तल तिर स्क्रोल गर्दै 'एक्टिभिटी हिस्ट्री' मा जानुहोस् ।

-अब 'स्टोर माइ एक्टिभिटी हिस्ट्री अन दिस् डिभाइस'को टुगल अफ गर्नुहोस् । 

-त्यसैको ठीक तल भएको 'क्लियर हिस्ट्री' बटनमा प्रेस गर्नुहोस् ।

 

यस फिचरको मुख्य विशेषता विन्डोजमा गरिएका क्रियाकलापको हिस्ट्री राख्नु हो । यसकारण यो फिचर डिसेबल गर्दा बेफाइदा खासै हुन्न । तर यदि तपाईंले माइक्रोसफ्टलाई विश्वास गर्नुहुन्छ भने यो फिचर इनेबल नै गरिरहन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८१ १२:१५