close

ल्यापटपको टचप्याडबाट स्क्रोल भइरहेको छैन ? यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

असार ३, २०८१ १९:४५

ल्यापटपको टचप्याडबाट स्क्रोल भइरहेको छैन ? यसरी गर्नुहोस् समाधान

 

काठमाडौं । ल्यापटप चलाउन 'टु फिङ्गर स्क्रोलिङ' निकै उपयोगी फिचर मानिन्छ । यो फिचरको सहायताले स्क्रिनमा स्क्रोल गर्न सकिन्छ । यस फिचरले उत्पादनशीलता पनि बढाउँछ । 

किनकी स्लाइडरलाई माउसले तलमाथि अथवा दायाँ बायाँ गर्ने कामलाई यसले चुस्त बनाउँछ । तर कहिलेकाहीँ यो फिचरले काम नगर्न सक्छ ।  आज हामी तपाईंलाई यस्तो समस्या आउँदा कसरी समाधान गर्ने भन्ने तरिका बारे बताउँदैछौं । 

टच प्याड सेटिङ हेर्ने 

टच प्याड सेटिङ हेर्नका लागि सुरुमा टु फिङ्गरको सेटिङ हेर्नु होस् । यदि डिसेबल गरिएको छ भने यो फिचरले काम गर्दैन । यसका लागि सेटिङहुँदै डिभाइसेस भएर टचप्याडमा जानुहोस् । त्यहाँ भित्र 'टु फिङ्गर स्क्रोलिङ' फिचर अफ छ भने अन गर्नुहोस् ।

टचप्याड ड्राइभर अपडेट गर्ने 

पुराना तथा समस्याग्रस्त ड्राइभरले पनि टच प्याडमा समस्या ल्याउने गर्छन् । यदि स्क्रोलिङ फिचरले काम गरेको छैन भने तपाईंले ड्राइभर अपडेट गर्न पनि सक्नुहुन्छ । यसका लागि आफ्नो ल्यापटप ब्रान्डको वेबसाइटमा जानु होस् र सबैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुहोस् । 

टपप्याड रिस्टार्ट गर्ने 

विन्डोज र 'आर' कि एकसाथ क्लिक गर्नुहोस् । अनि services.msc टाइप गर्नुहोस् । त्यसपछि आउने सूचिमा HID-compliant touch pad खोज्नु होस् । अनि राइट क्लिक गरेर रिस्टार्टमा क्लिक गर्नुहोस् ।

विन्डोज अपडेट गर्ने

नयाँ अपडेटमा पुरानामा भएका समस्या समाधान गरिएका हुन्छन् । यस कारण पनि अपरेटिङ सिस्टमको पछिल्लो भर्सन प्रयोग गर्न जरुरी मानिन्छ । तपाईंको पनि टचप्याड बिग्रेको भए विन्डोज अपडेट गर्न सक्नु हुन्छ ।

ड्राइभर रोल ब्याक गर्ने

ड्राइभर रोल ब्याक गर्नुको अर्थ पहिलेको भर्सनको ड्राइभर पुन: रिस्टोर गर्नु हो । तपाईंले टचप्याड ड्राइभरको नयाँ भर्सन अपडेट गरे पनि काम गरेन भने रोल ब्याक गर्न सक्नुहुन्छ । यसका लागि डिभाइस म्यानेजरमा राइट क्लिक गरेर प्रोपर्टिज छान्नुहोस् । अनि ड्राइभर ट्याबमा क्लिक गर्नुहोस् । यदि त्यहाँ 'रोल ब्याक ड्राइभर' को विकल्प छ भने त्यसमा क्लिक गर्न सक्नुहुन्छ । 

ट्रबलसुट चेक गर्ने 

ल्यापटपको सेटिङमा गएर सिस्टमबाट ट्रबलसुट हुँदै हार्डवेयर एन्ड डिभाइसमा जानुहोस् । अनि त्यहाँ भएको प्रक्रिया अपनाउनुहोस् । यसले हार्डवेयरमा भएका समस्या पहिचान र तिनको समाधान देखिन्छ । 

यसका साथै ल्यापटपमा कतिपय थर्ड पार्टी सफ्टवेयर पनि टचप्याडमा समस्या ल्याउन सक्छन् । यसकारण अत्यावश्यक बाहेक अन्य सफ्टवेयर नराख्नुहोस् । त्यस्तै ल्यापटपमा भौतिक क्षति हुँदा समेत यो फिचरले काम गर्दैन । त्यस्तो अवस्थामा भने तपाईंले प्राविधिकलाई देखाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १९:५२