close

हातले लेखेका कागजपत्रलाई डिजिटल रूपमा उतारिदिने च्याटजीपीटीको यो फिचर

टेकपाना टेकपाना

असार १५, २०८१ १८:१८

हातले लेखेका कागजपत्रलाई डिजिटल रूपमा उतारिदिने च्याटजीपीटीको यो फिचर

काठमाडौं । यदि तपाईंलाई कम्प्युटर टाइप आउँदैन, तर कुनै डकुमेन्ट बनाउनु छ भने ओपनएआईको च्याटजीपीटी उपयोगी हुन सक्छ । केही समयअघिसम्म सामान्य प्रश्नोत्तर गर्न मिल्ने यो टुलमा अब डकुमेन्ट पनि अपलोड गर्न सकिन्छ ।

त्यसो हुँदा तपाईं आफूले लेखेको कुरालाई सजिलै डिजिटाइज गर्न सक्नुहुन्छ । अर्थात् कापीमा लेखेको कुरालाई टाइप गरेजसरी कम्प्युटरमा राख्न सक्नुहुन्छ । यदि गुगल लेन्सको टेक्स्ट एक्सट्र्याक्सन (text extraction) फिचर प्रयोग गर्नु भएको छ भने करिब समान फिचर च्याटजीपीटीमा पनि उपलब्ध छ भनेर बुझ्नु भए हुन्छ ।

तर च्याटजीपीटी त्यतिमा सीमित छैन । तपाईंले यस्ता कागजपत्रमा आधारित भएर एआई टुलसँग कुराकानी समेत गर्न सक्नुहुन्छ ।

आज हामी च्याटजीपीटी प्रयोग गरी हातले लेखिएका कागजपत्रलाई कसरी  डिजिटल रुपमा उतार्ने भन्नेबारे चर्चा गर्ने छौं:


-सबैभन्दा पहिले च्याटजीपीटीमा लगइन गर्नुहोस् । आजभोलि तपाईंले सिधै chatgpt.com मार्फत पनि यस टुलमा पहुँच पाउन सक्नुहुन्छ ।

यद्यपि फाइल अपलोडको फिचर प्रयोग गर्न च्याटजीपीटीमा अकाउन्ट बनाउनुपर्ने हुन्छ, जुन निकै सजिलो छ । तपाईंले आफ्नो गुगल अकाउन्टमार्फत सजिलै साइनअप गर्न सक्नुहुन्छ ।

-अब प्रम्प्ट लेख्ने ठाउँको बायाँ भागमा पेपरक्लिपको आइकन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् । 

-त्यहाँ तपाईंले गुगल ड्राइभ, वनड्राइभ, कम्प्युटर लगायतका ठाउँबाट फाइल अपलोड गर्ने विकल्प पाउनुहुन्छ ।  तर यसो गर्नुअघि तपाईंले आफ्नो डकुमेन्ट भने तयार पार्नुपर्ने हुन्छ । 

-अब तपाईंले कुनै प्रम्प्ट नलेखी अपलोड गरे च्याटजीपीटीले स्वतः अक्षर उतार्छ । अथवा तपाईंले प्रम्प्ट पनि राख्न सक्नुहुन्छ । 

त्यस्तै तपाईंले च्याटजीपीटीको फोनमार्फत पनि यो काम गर्न सक्नुहुन्छ । यसको तरिका निम्न रहेको छ:

-च्याटजीपीटीको मोबाइल एप खोल्नुहोस् ।

-त्यहाँ ‘मेसेज बक्स’ (प्रम्प्ट लेख्ने ) नजिकै प्लस (+) चिन्ह देखिन्छ । त्यहाँ क्लिक गर्दा तपाईंले क्रमशः क्यामेरा, फोटो र फाइल अपलोड गर्ने विकल्प पाउनुहुन्छ । 

-च्याटजीपीटीको वेब भर्सनमा क्यामेराको विकल्प दिइएको छैन । तर मोबाइल एपमा दिइएको छ । यसकारण तपाईंले हातले लेखेका कुनै पनि कुरालाई तुरुन्तै डिजिटाइज भर्सनमा उतार्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ १८:२५