close

आईफोन १५ भन्दा आईफोन १६ गरुङ्गो हुने

टेकपाना टेकपाना

असार १८, २०८१ ९:५०

आईफोन १५ भन्दा आईफोन १६ गरुङ्गो हुने

 

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन दुई महिना बाँकी छ । सार्वजनिक हुनु अगावै यस सिरिजका विभिन्न फिचर बाहिरिएका छन् । यस वर्ष सार्वजनिक हुने आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स (सम्भवतः यसको नाम आईफोन १६ अल्ट्रा हुनेछ) मा तुलनात्मक रूपमा गह्रौ हुनेछ । 

सप्लाई चेन विश्लेषक मिङ चि कुओका अनुसार आईफोन १६ सिरिजमा लामो समय टिक्ने ब्याट्री हुनेछ । यसमा भएको ब्याट्रीलाई स्टेनलेस स्टिलले कभर गरिएकाले पनि फोन तुलनात्मक रूपमा भारी हुने कुओले उल्लेख गरेका छन् । 

युरोपेली संघको नीति अनुसार सन् २०२७ सम्म स्मार्टफोन निर्माता कम्पनीले फोनमा रिप्लेस गर्न सकिने किसिमको ब्याट्री राख्नुपर्छ । त्यसैलाई पालना गर्दै कम्पनीले यस्तो किसिमको ब्याट्री राख्न लागेको बताइएको छ ।

यस्तो ब्याट्री राख्दा प्रयोगकर्ताले आफैंले निकाल्न र राख्न सक्ने भएकाले खर्च कम पर्ने विश्लेषकहरूको भनाइ छ । ब्याट्रीमा स्टेनलेस स्टिल प्रयोग गर्दा त्यसले सेल डेन्सिटी पाँचदेखि १० प्रतिशतले बढाउँछ । अर्थात ब्याट्री टिकाउ हुन्छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ ९:५०