close

नबिल ब्याङ्कका ग्राहकले अब नमस्ते पे वालेटमा रकम लोड गर्न सक्ने

टेकपाना टेकपाना

साउन २२, २०८१ १७:६

नबिल ब्याङ्कका ग्राहकले अब नमस्ते पे वालेटमा रकम लोड गर्न सक्ने

काठमाडौं । नबिल ब्याङ्कका ग्राहकले नमस्ते पे वालेटका विभिन्न सेवा उपयोग गर्न पाउने भएका छन् । यस सम्बन्धमा हालै दुई संस्थाबीच साझेदारी गरिएको छ । 

यस अनुसार नबिल ब्याङ्कका ग्राहकले एनब्याङ्क (nBank) मोबाइल ब्याङ्किङ एपमार्फत आफ्नो नमस्ते पे वालेटमा पैसा लोड गर्न तथा वालेटबाट ब्याङ्क खातामा रकमान्तर गर्न सक्नेछन् ।

योसँगै नबिल एनब्याङ्क प्रयोगकर्ताले ई-सेवा, खल्तीका अतिरिक्त नमस्ते पे वालेटका सेवा पनि उपयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ १७:६