काठमाडौं । नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले आजदेखि बजारमा ‘अनर एक्स सिक्स बी’ (HONOR X6b) उपलब्ध गराएको हो ।
‘अख्खा फिचर, अख्खा ब्याट्री’ ट्यागलाइन सहित आएको फोनमा लामो समयसम्म टिक्ने ब्याट्री, बढी स्टोरेज, स्तरीय क्यामेरा जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
यस फोनमा ५२०० एमएएच क्षमताको ब्याट्री छ । सामान्य प्रयोगमा फोन दुई दिनसम्म चलाउन सकिने कम्पनीको दाबी छ । फोन खरिद गर्दा तपाईँले ३५ वाटको चार्जर पाउनुहुन्छ ।
एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर दिइएको छ । नेपाली बजारमा ६ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने फोनमा थप ६ जीबी भर्चुअल र्याम विस्तार गर्न सकिन्छ ।
यसमा ९० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्चको टीएफटी एससीडी डिस्प्ले पाउन सकिन्छ । जसमा अधिकतम ब्राइटनेस ७८० निट्ससम्म हुनेछ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलको छ । जसबाट ३० एफपीएसमा १०८० पिक्सेलमा भिडिओ खिच्न सकिन्छ ।
नेपाली बजारमा ‘अनर एक्स सिक्स बी’ स्टारी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रीन गरी तीन कलरमा उपलब्ध हुनेछ । यो फोन नेपाली बजारमा १६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।