काठमाडौं । बोलेकै भरमा टाइप हुन्छ भन्ने त तपाईंलाई थाहै होला । तर, यस्तो प्रविधि हाम्रो नेपाली भाषामा कत्तिको लागू भएको छ भन्ने तपाईंलाई थाहा नभएको हुन सक्छ ।
आज हामी कम्प्युटर र फोनमा कसरी बोलेकै भरमा नेपाली टाइपिङ गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं ।
कम्प्युटर प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिले तपाईं यहाँ क्लिक गरेर क्रोम ब्राउजर (सफारी वा ब्रेभ)मा गुगल डक्स खोल्नुहोस् ।
त्यसपछि माथि रहेको ‘टुल्स’ (tools) को आइकनमा क्लिक गर्नुहोस् ।
अनि तलपट्टि भएको ‘भ्वाइस टाइपिङ’ (Voice Typing) को अप्सन छान्नुहोस् । (पहिलो पटक छान्नु भएको हो भने माइक्रोफोनको एक्सेस दिनुपर्ने हुन्छ । त्यहाँ ‘Allow’ मा क्लिक गरेर एक्सेस दिन सक्नुहुन्छ ।)
यति गर्नुभयो भने डक्सको छेउमा माइक्रोफोनको आइकन देखिन्छ ।
त्यसमा डिफल्ट रूपमा अङ्ग्रेजी भाषा छनोट भएको हुन्छ । तपाईंले भाडाको छेउमा रहेको डाउन एरो क्लिक गर्नुहोस् ।
अनि स्क्रोल गर्दै अन्तिमतिर गएर ‘नेपाली’ लेखेको अप्सन छान्नुहोस् ।
यति गरेपछि तपाईंले माइक्रोफोनमा क्लिक गर्नुपर्ने हुन्छ । माइक्रोफोन रातो देखियो भने तपाईंले बोल्नुपर्ने हुन्छ । बोल्दाबोल्दै तपाईंले बोलेका शब्दहरू डक्समा टाइप हुन्छन् । बोलिसकेपछि वा बीचमै रोक्नुपर्यो भने त्यही माइक्रोफोनको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।
मोबाइलमा कसरी बोलेकै भरमा टाइप गर्ने ?
स्मार्टफोनमा बोलेकै भरमा टाइप गर्नका लागि थुप्रै विकल्प छन् । त्यसका लागि तपाईंले नेपाली भाषा सपोर्ट गर्ने कीबोर्ड इन्स्टल गर्नुपर्ने हुन्छ । यसमा 'हाम्रो कीबोर्ड' र गुगलको 'जीबोर्ड' प्रयोग गरी बोलेकै भरमा टाइप गर्न सकिने तरिकाको बारेमा सिकाइएको छ । यदि तपाईंको डिभाइसमा हाम्रो कीबोर्ड डाउनलोड छ भने कीबोर्डको सबैभन्दा माथि बाँयापट्टि माइक्रोफोनको अप्सन देखिन्छ । त्यसभन्दा अगाडि हाम्रो कीबोर्डमा नेपाली भाषा छनोट भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । यति गरिसकेसछि माइक्रोफोनमा टाइप गर्दा भ्वाइस टाइपिङको अप्सन खुल्छ । एक पटक बोलिसकेपछि तपाईंले बोलेको विषय त्यहाँ टाइप भएर आएको देखिन्छ । त्यसमा केही विकल्प पनि हुन्छन् । तपाईंले आफूलाई उपयुक्त लागेको शुद्ध वाक्य छनोट गर्नुपर्ने हुन्छ ।
गुगलको जीबोर्डमा भने पहिलो प्रक्रिया केही झन्झटिलो हुन सक्छ । तर, त्यसभन्दा पछिको प्रक्रिया धेरै सहज छ । सम्भवतः तपाईंको डिभाइसमा जीबोर्ड डिफल्ट रूपमा इन्स्टल भएर आएको हुनसक्छ । यदि छैन भने एप इन्स्टल गर्नुहोस् । त्यसपछि सेटिङमा गई ‘Keyboard’ सर्च गर्नुहोस् । सर्च गरिसकेपछि कीबोर्ड लिस्टको अप्सन खोज्नुहोस् । र, जीबोर्ड (Gborard) को अप्सनमा जानुहोस् ।
अनि ल्याङ्ग्वेजको अप्सन छान्नुहोस् ।
यति गरेपछि एड कीबोर्डको अप्सनमा गएर नेपाली छान्नुहोस् ।