close

एनसेल एपबाट ‘सधैं अन’ प्याक खरिद गर्दा १९ प्रतिशत छुट

टेकपाना टेकपाना

असोज १, २०८१ १३:२५

एनसेल एपबाट ‘सधैं अन’ प्याक खरिद गर्दा १९ प्रतिशत छुट

काठमाडौं । एनसेलको मोबाइल एपबाट सधैं अन प्याक खरिद गर्दा १९ प्रतिशत छुट पाइने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस्तो अफर ल्याएको हो ।

यसअन्तर्गत एनसेलको मोबाइल एपबाट ‘सधैं अन’का सबै एपमा विशेष छुट पाउन सकिन्छ । यो अफर १ देखि ४ असोजसम्म लागू हुने कम्पनीले जनाएको छ । त्यसका लागि यहाँ क्लिक गरेर एनसेलको एपमा जानुहोस् । 

त्यसपछि एपमा देखिएको अफरको ब्यानर वा तल बटममा रहेको ‘बाई प्याक’को अप्सनमा जानुहोस् । त्यसपछि स्पेसल अफर लेखिएको प्याकेजहरू देख्न सकिन्छ । त्यसमध्ये आवश्यकता अनुसार प्याकेज खरिद गर्न सक्नुहुन्छ । 

हाल सधैं अन अन्तर्गत ९९, ३९९, ४९९, ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकेजहरू छन् । ७९९ रुपैयाँ माथिका सबै प्याकेजमा अनलिमिटेड कलको सुविधा रहेका छन् । यी प्याकमा डेटा र एसएमएस भने फरक फरक छन् । 

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १३:५७