close

खुल्यो अमेरिका जाने डीभी भिसा, यसरी दिन सकिन्छ आवेदन

टेकपाना टेकपाना

असोज १६, २०८१ २०:१७

खुल्यो अमेरिका जाने डीभी भिसा, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोलेको छ । आज २ अक्टोबर राति ९ः४५ बजेदेखि भर्न सकिने गरी डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन खुलाइएको जानकारी नेपाल स्थित अमेरिकी राजदूतावासले दिएको हो ।

दूतावासका अनुसार कार्यक्रमका लागि एकदमै निष्पक्ष रूपमा योग्य आवेदकहरू छनौट गरिनेछ । यसका लागि प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु पर्ने हुन्छ । किन भने एक भन्दा बढी आवेदन बुझाउने आवेदकहरू स्वतः अयोग्य ठहरिने बताइएको छ ।

यहाँ क्लिक गरेर डीभीको लागि आवेदन भर्न सकिनेछ । २ अक्टोबर २०२४ देखि ५ नोभेम्बरको राति १०ः४५ बजेसम्मको जुनसुकै समयमा अनलाइन आवेदन बुझाउन सकिने छ । अमेरिकाको डीभी कार्यक्रम बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

डीभी भर्न कुनै पनि शुल्क लाग्दैन अर्थात् यसमा निःशुल्क रूपमा आवेदन दिन सकिन्छ । यस वर्ष खुला गरिएको सिजनलाई डाइभर्सिटी भिसा प्रोग्राम २०२६ भनिएको छ । किन भने यो सिजनमा छानिएका व्यक्तिहरूले ३० सेप्टेम्बर, २०२६ सम्ममा आफ्नो आप्रवासी भिसाका लागि आवेदन दिने र प्राप्त गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ २०:२४