close

नियमित बिल पेमेन्ट झन्झट लाग्छ वा बिर्सिने बानी छ ? ईसेवाबाट यसरी गर्नुहोस् शेड्युल पेमेन्ट

टेकपाना टेकपाना

असोज २१, २०८१ १२:४३

नियमित बिल पेमेन्ट झन्झट लाग्छ वा बिर्सिने बानी छ ? ईसेवाबाट यसरी गर्नुहोस् शेड्युल पेमेन्ट

काठमाडौं । कुनै कुनै सेवा तथा सुविधाका लागि निश्चित अन्तरालमा भुक्तानी गरी रहनु पर्ने हुन्छ । निश्चित समय भित्र त्यस्तो भुक्तानी नगर्दा सेवा अबरुद्ध हुने वा कुनै जरिबाना तथा हर्जाना समेत ब्यहोर्नु परिरहेको हुन्छ । 

व्यस्तताले गर्दा यस्ता भुक्तानी कहिले काहीँ समयमै हुन नसक्ने समस्या तपाईंले पनि भोग्नु भएको हुन सक्छ । महत्त्वपूर्ण भुक्तानी समयमै सुनिश्चित गर्ने गरी मोबाइल वालेट ईसेवाले एउटा फिचर उपलब्ध गराएको छ । जसअनुसार तपाईंले भविष्यमा गर्नु पर्ने भुक्तानी तपाईंले अहिले नै तय गरेर राख्न सक्नुहुन्छ । यसो गर्दा कुनै पनि भुक्तानी छुट्ला कि भन्ने डर वा चिन्ता रहँदैन ।

 

आज हामी ईसेवामा नियमित बिल पेमेन्टको शेड्युल गर्ने तरिकाले बारे जानकारी दिने छौं:

 

  • यसका लागि सबैभन्दा पहिला ईसेवामा लगइन गर्नुहोस् । 

  • अब तलको भागमा दायाँ तर्फ रहेको ‘मोर’को विकल्पमा थिच्नु होस् ।

  • अलि तल स्क्रोल गर्नु भयो भने त्यहाँ तपाईंले ‘शेड्युल पेमेन्ट’ भन्ने विकल्प देख्न सक्नु हुन्छ । त्यसको टोगल अर्थात् बटन अन गर्नुहोस् । (पहिले नै ‘अन’ भए पुनः अन गरि रहनु पर्दैन)

  • यति गरिसकेपछि पनि तपाईं सोही मेनुमा नै रहनु हुनेछ । अब अलि माथि गएर ‘माई पेमेन्ट्स’ भन्ने विकल्पमा जानुहोस् ।

  • तल दायाँतिर तपाईंले ‘एड पेमेन्ट्स’ भन्ने विकल्प देख्नु हुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

  • अब त्यहाँ टपअप, केर्डिट कार्ड, खानेपानी लगायतका विकल्प देखिनेछन् । ती मध्येबाट तपाईंले शेड्युल गर्न चाहेको पेमेन्ट छानेर अगाडि बढ्नु होस् । 

  • अब त्यहाँ आवश्यक विवरण राख्नुहोस् । र ‘शेड्युल योर पेमेन्ट्स’मा दबाउनु होस् ।

यसपछि तपाईंले कुन मितिमा भुक्तानी गर्ने भन्ने विकल्प देख्न सक्नुहुन्छ । त्यहाँ समय मिलाउनु होस् ।

 

यस क्रममा तपाईंले ईसेवासँगै लिङ्क गरिएका बैंक अकाउन्टमार्फत समेत भुक्तानीको विकल्प छान्न सक्नुहुन्छ । यसका साथै यही भुक्तानीलाई एक पटक मात्र, दैनिक, साप्ताहिक, मासिक वा त्रैमासिक रूपमा भुक्तानी हुने गरी सेटिङ मिलाउन पनि सक्नु हुन्छ ।

 

  • यसरी सबै सेटिङ मिलाएपछि ‘सेभ एन्ड शेड्युल पेमेन्ट्स’मा थिचेर कन्फर्म गर्नुहोस् र आफ्नो एमपिन राख्नुहोस् ।

 

  • अब यति गरेपछि कुनै पनि भुक्तानीलाई शेड्युल गर्ने काम सकिन्छ । तर, उक्त समयमा भुक्तानी हुनुभन्दा एक घण्टा अघि तपाईंले ईसेवाबाट नोटिफिकेसन पनि पाउनु हुनेछ । 

तपाईंले यसरी गरिएका शेड्युलको भुक्तानी ‘माई पेमेन्ट्स’मार्फत हेर्न पनि सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १३:१