close

एचडीडी वा एसएसडीमा के छ फरक, तपाईँका लागि कुन उपयुक्त ?

टेकपाना टेकपाना

कात्तिक १०, २०८१ १५:१०

एचडीडी वा एसएसडीमा के छ फरक, तपाईँका लागि कुन उपयुक्त ?

काठमाडौं । स्टोरेजका लागि अहिले मुख्य दुई विकल्प छन् । हार्ड डिस्क ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसएसडी) । यी दुवैको काममा समानता छ- फाइल/एप्लिकेसन/अपरेटिङ सिस्टम स्टोर गर्ने । तर यी दुईको काम गर्ने प्रक्रिया फरक छ । जसले गर्दा कम्प्युटरको प्रदर्शनमा असर परिरहेको हुन्छ । फलस्वरुप: यी मध्ये कुन लिऔं भन्ने दोधार हुन्छ ।

एचडीडी

अहिलेसम्म प्रयोगमा भइरहेको एचडीडी पुरानो स्टोरेज टेक्नोलोजी हो । सन् १९५० को दशकमा आईबीएमले एचडीडी सार्वजनिक गरेको हो । यसमा परिवर्तन भएको आकार हो, प्रविधिमा कति पनि परिवर्तन भएको छैन ।

एचडीडीमा धातुको केसभित्र म्याग्नेटिक डिस्कले लेपन गरिएको एक वा एक भन्दा बढी गोलाकार प्लेटहरू हुन्छन् । यी प्लेटहरू तीव्र गतिमा घुम्छन् । जसलाई सानो डण्डी जस्तो भागले छुन्छन् । यसपछि डेटा पढ्ने वा लेख्ने काम हुन्छ । छोटोमा बुझ्दा एचडीडीमा म्याग्नेटिक डिस्कहरू हुन्छन्, जसले डेटा राइट र रिड गर्छ ।

एचडीडी

हार्डडिस्कमा जस्तो म्याग्नेटिक डिस्क भित्रका प्लेटहरू घुम्ने नभइ एचडीडीमा फ्ल्याश मेमोरीमा डेटा स्टोर हुन्छ । जुन एडडी कार्ड, यूएसबी ड्राइभ जस्ता स्टोरेज टेक्नोलोजीमा पनि प्रयोग हुन्छ । यी प्रविधि २००० को दशकपछि मात्र अस्तित्वमा आएका हुन् । मूल्य कम, तर क्षमता बढी हुनुले एचडीडी एचडीडीको राम्रो विकल्प बनेको छ ।

सामान्य अर्थमा बुझ्दा एसएसडीमा फ्ल्याश मेमोरी प्रयोग गरी डेटा भण्डारण गरिन्छ । अर्थात् एसएसडीले डेटा स्टोर गर्न फ्ल्याश मेमोरी चिप प्रयोग गर्दछ । फ्ल्याश मेमोरीले विद्युतीय रूपमा डेटा लेख्छ र पढ्छ, जसले गर्दा एसएसडी धेरै छिटो तथा स्थिर हुन्छ ।

फरक हामीले माथि पनि चर्चा गर्यौं । एचएडीडी र एसएसडी भण्डारणका लागि प्रयोग गरिन्छ । तर यिनको शैली फरक छ । तल यी दुई बीचको फरक चर्चा गरिएको छ:

डेटा ट्रान्सफर रेट

एचडीडीको डेटा ट्रान्सफर रेट ३० देखि १५० मेगाबाइट प्रति सेकेन्ड रहेको छ । तर एचएचडीमा प्रतिसेकेन्ड ५०० एमबीपीएसदेखि साढे तीन हजार एमबीपीएससम्म रहेको हुन्छ । एचडीडी मेकानिकल कम्पोनेन्टमा भर पर्छन् । जसले गर्दा डेटा ट्रान्सफर ढिलो हुन्छ । प्लेट घुम्न पनि समय लाग्न । तर एसएसडीले फ्ल्याश मेमोरी प्रयोग गर्ने भएकाले एचडीडीमा जस्तो प्लेट घुमिरहनु पर्दैन । यसले गर्दा फाइल अलि चाँडो ट्रान्सफर हुने गर्छ ।

क्षमता

ल्यापटप वा डेस्कटप कम्प्युटरका लागि एसएसडी र एचएचडी दुवै समान क्षमताका साथ तपाईंले बजारमा पाउन सक्नुहुन्छ । अधिकांश कम्प्युटरहरूमा एक टीबी वा दुई टीबीभन्दा माथि क्षमताको हार्डड्राइभ हुँदैन ।

दुई टीबीभन्दा माथिको एसएसडी पाइन्न । तर यही क्षमताको एचडीडी भने धेरै हुन्छन् । त्यत्तिकै सस्तो पनि । यसर्थ यदि तपाईंलाई उच्च क्षमताको स्टोरेज आवश्यक छ भने एचडीडी तपाईंको लागि राम्रो अप्सन बन्न सक्छ ।

मूल्य

एसएसडीको मूल्य पछिल्ला केही वर्षमा निकै घटेको छ । दुई टीबीसम्म क्षमतामा पाउनका लागि तपाईंले अतिरिक्त खर्च गर्नुपर्दैन । तर एचडीडी त झन् अझै सस्तो मूल्यको प्रविधि हो ।

एउटा दुई टीबीको एसएसडीलाई दुई सय डलर अर्थात करिब २५ हजार रुपैयाँ पर्छ भने त्यही क्षमताको एचडीडी ५० डलर अर्थात ७/८ हजार रुपैयाँमा पाउन सकिन्छ । जबकी ५१२ जीबीको एसएसडीका लागि मात्र तपाईले ५० डलर अर्थात ७/८ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

एचडीडी सस्तो हुन्छ । त्यसैले ठूलो क्षमताको खरिद गर्नु नै फाइदाजनक हुन्छ । मूल्यको मामिलामा एसएसडी एचडीडीभन्दा निकै सस्तो हुन्छ ।

विश्वसनीयता

एसएसडीमा हलचल हुने पुर्जा हुँदैनन् । जसले गर्दा एसएसडी निकै नै किफायती हुन्छ । यो झर्दा, वा फाल्दा समेत टुट्ने फुट्ने किसिमको हुँदैन ।

पुरानो हुँदै जाँदा र धेरै प्रयोग गर्दा पनि यसमा मेकानिकल समस्या आउँदैन । यसकारण एसएसडी एचडीडीको तुलनामा धेरै विश्वसनीय हुन्छ ।

तर याद गर्नुपर्ने अर्को कुरा भनेको एसएसडीमा सीमित पटक मात्र लेख्न मिल्छ । त्यसैले यसमा धेरैपटक डेटा लेखियो भने यो बिग्रिनसक्छ ।

एसएसडी प्रविधि अहिले सुधार भएको छ । अपरेटिङ सिस्टम पनि अझै स्मार्ट भएक‍ा छन् । जसले डिभाइसमा डेटा कसरी लेख्ने भन्ने कुरा बुझाउन मद्दत गरेको छ ।

पर्फमेन्स

जब तपाईं एचडीडीबाट एसएसडीमा जानुहुन्छ, तब यी दुईबीचको पर्फमेन्स लेभल निकै फरक पाउनुहुनेछ । परम्परागत हार्ड डिस्क ड्राइभमा विण्डोज कम्प्युटर बूट अर्थात स्टार्ट वा रिस्टार्ट हुन धेरै समय लाग्छ ।

एसएसडीबाट हुने बुटिङ सेकेण्डमा मापन गर्न सकिन्छ । एसएसडीबाट गरिने जुनसुकै काम पनि एचडीडीमा भन्दा छिटो हुन्छ । फाइल पढ्ने, सेभ गर्ने, एप स्टार्ट गर्ने आदि सबै काम यसमा छिटो रुपमा सम्पन्न हुन्छन् ।

तसर्थ एसएसडीहरू फास्ट हुन्छन् । साथै समयसँगै एचडीडी जस्तो एसडीडी स्लो डाउन भएर पनि जाँदैन । ड्राइभ फूल हुँदा समेत यसको पर्फमेन्स सधैं उस्तै रहन्छ ।
तापक्रम र आवाज

मेकानिकल भागहरू एचडीडीमा धेरै हुने भएकाले स्वतः आवाज बढी निस्कन्छ । अनि तातिने पनि गर्छ । अर्कोतर्फ एसएसडीमा त्यस्तो केही नभएकाले आवाज निस्कँदैन । हल्ला पनि हुँदैन । यही कारण प्राय: एसएसडीलाई ल्यापटप/कम्प्युटरका लागि उपयुक्त मानिने गरिन्छ ।

कुन किन्ने ?

कुन किन्ने भन्ने कुरा तपाईंको आवश्यकतामा भर पर्ने कुरा हो । तर तपाईंले आफ्नो डिभाइस हेरेर लिन सक्नुहुन्छ । जस्तो: तपाईंलाई स्पिड र पर्फमेन्स राम्रो चाहिन्छ भने एसडीडी लिनु राम्रो हुन्छ । तर तपाईंसँग स्टोरेज क्षमता बढी चाहिन्छ तर बजेट कम छ भने एचडीडी लिनु राम्रो हुन्छ ।

अझ तपाईंसँग रकम छ भने एसएसडी र एचडीडीलाई मिलाएर राख्नु भए अझ राम्रो हुन्छ । त्यसो गर्दा अपरेटिङ सिस्टम र विशेष एप्लिकेसन राख्न सक्नुहुन्छ भने एचडीडीमा ठूलो आकारको फाइल राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८१ १५:१९