close

च्याटजीपीटी प्रयोगकर्ताले अब ल्यापटपको वेबक्याममार्फत फोटो खिच्न सक्ने

टेकपाना टेकपाना

कात्तिक २५, २०८१ ९:३८

च्याटजीपीटी प्रयोगकर्ताले अब ल्यापटपको वेबक्याममार्फत फोटो खिच्न सक्ने

काठमाडौं । अब ओपनएआईको च्याटजीपीटीको विन्डोज एपले वेबक्यामबाट फोटो खिच्न सक्ने भएको छ । हालैको एक अपडेटमार्फत ओपनएआईले विन्डोज एपमा फोटो खिच्न सक्ने फिचर थपेको हो ।

प्रयोगकर्ताले च्याटजीपीटीसँगको कुराकानीमा सोझै क्यामेरामार्फत फोटो खिचेर थप कुराकानी गर्न सक्नेछन् । यसले प्रत्यक्ष कुराकानीलाई थप सजिलो बनाउने भएको छ । केही समयअघि मात्र आएको यो एपमा प्रयोगकर्ताले टेक्स्टको आकार कत्रो बनाउने भनेर समेत मिलाउन सक्ने छन् । यसका लागि Ctrl + अथवा Ctrl - थिच्नु पर्ने हुन्छ ।

यद्यपि यो एप च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु युजरहरूले मात्र चलाउन पाउनेछन् । उनीहरूले यो एप माइक्रोसफ्ट स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् ।

हाल यस एपमा डकुमेन्ट अपलोड गर्ने, एड्भान्स भोइस मोड जस्ता फिचर रहेका छन् । कम्पनीले छिट्टै यो एप सबैका लागि नि:शुल्क बनाउने बताएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८१ ९:४३