close

मास्टर्समा नेपालका कुन-कुन कलेजमा पढाइ हुन्छ ह्याकिङ कोर्स ?

टेकपाना टेकपाना

मंसिर ७, २०८१ १८:१७

मास्टर्समा नेपालका कुन-कुन कलेजमा पढाइ हुन्छ ह्याकिङ कोर्स ?

काठमाडौं । नेपालमा साइबर सुरक्षा र ह्याकिङका अध्ययनक्रम क्रमिक रूपमा विकसित हुँदै गइरहेको छ । उच्च शिक्षामा यो क्षेत्र नौलो मानिए पनि यसका अवसरहरू विस्तार भइरहेका छन् ।

स्नातक तहमा केही नेपाली र विदेशी विश्वविद्यालयका साइबर सुरक्षा कार्यक्रम सञ्चालन भएका छन् । तर स्नातकोत्तर तहमा यो कार्यक्रम सीमित विश्वविद्यालय/कलेजले मात्र उपलब्ध गराएका छन् ।​

-त्रिभुवन विश्वविद्यालय (त्रिवि)

त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पुल्चोक कलेजले एमएससी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी पढाउने गरेको छ । हालै मात्र सुरु भएको यो दुई वर्षे कोर्स हो ।

कलेजमा यो कोर्स साँझको समयमा पढाइ हुने गर्छ । कोर्समा नेक्स्ट जेनेरेसन नेटवर्क टेक्नोलोजिज्, क्रिप्टोग्राफी एन्ड डेटा सेक्युरिटी, मसिन लर्निङ एन्ड डेटा एनालिटिक्स, डिजिटल फोरेन्सिक्स एन्ड इन्सिडेन्ट रेस्पोन्स, इन्फर्मेसन सिस्टम अडिट लगायतका विषय पढाइ हुन्छ ।

कोर्सबारे बुझ्न यहाँ अथवा यहाँ क्लिक गर्नुहोस् । 

-काठमाडौं विश्वविद्यालय 

यस विश्वविद्यालयले स्नातकोत्तर तहमा एमटेक इन एआई, एमई कम्प्युटर इन्जिनियरिङ, एमटेक इन आईटी जस्ता विषय पढाउने गरेको छ । यी विषय पूर्ण रूपमा साइबर सुरक्षासँग सम्बन्धित त छैनन् ।

तर साइबर सुरक्षा विषय पढाइ नै हुन्न भने छैन । उदाहरणका लागि, तपाईंले एमटेक इन आईटीमा क्रिप्टोग्राफी, इन्फर्मेसन सेक्युरिटी, ईकमर्स जस्ता विषय पढ्नुपर्छ । अझ इलेक्टिभ विषयमा त साइबर सुरक्षा सम्बन्धी अन्य विकल्प पनि छन् ।

यी बाहेक पोखरा, पूर्वाञ्चल विश्वविद्यालयमा पनि सूचना प्रविधि सम्बन्धी शैक्षिक कार्यक्रमभित्र साइबर सुरक्षाका केही कोर्स राखिएका छन् ।

-प्रेसिडेन्सियल ग्राजुएट कलेज

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट कलेज, काठमाडौंले आफ्नो कोर्स मास्टर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी (एमएससीआईटी) अन्तर्गत साइबर सेक्युरिटीको विशिष्टिकृत पाठ्यक्रम राखेको छ ।

यसमा थ्रेट एन्ड भल्नेरेबिलिटी म्यानेजमेन्ट, सफ्टवेयर एन्ड सिस्टम सेक्युरिटी, साइबर अपरेसन एन्ड मोनिटरिङ, डिजिटल फरेन्सिक्स एन्ड इन्सिडेन्ट रेस्पोन्स लगायतका विषय पढाइ हुन्छ ।

यसबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

-इस्लिङ्टन कलेज

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले 'एमएससी आईटी इन साइबर सेक्युरिटी' कोर्स पढाइरहेको छ । यस कलेजमा यो कोर्स सेमेस्टर प्रणालीमा पढाइ हुन्छ । जसमा सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट, साइबर सेक्युरटी म्यानेजमेन्ट, सेक्युरिटी अडिटिङ एन्ड पेनिट्रेसन टेस्टिङ, हार्डेनिङ नेटवर्क इन्फ्रास्ट्रकर लगायतका कोर्स छन् ।

कोर्सबारे बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

यी त औपचारिक शिक्षा प्रदान गर्ने कलेज तथा विश्वविद्यालय भए । यसबाहेक विभिन्न तालिम प्रदायक संस्थाले साइबर सुरक्षासम्बन्धी अनौपचारिक शिक्षा सञ्चालन गरिरहेका छन् । 

यो पनि पढ्नुहोस्:

ह्याकर बन्ने कोर्स, नेपालमा कहाँ कहाँ हुन्छ पढाइ ?

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८१ १३:४३