काठमाडौं । कुनै समय पीसी उद्योगमा राज गर्ने इन्टेल आजको समयमा सङ्घर्ष गरिरहेको छ । २०२४ सम्म आइपुग्दा यस कम्पनीले २० हजार बढी कर्मचारीहरूलाई कामबाट निकालिसकेको छ । सोही अवधिमा कम्पनीले १६ अर्ब अमेरिकी डलरको घाटा बेहोरेको छ । यतिसम्म कि हालसालै यस कम्पनीका सीईओले पनि पदबाट राजीनामा दिएका छन् । तर त्यस्तो के भयो जसले गर्दा इन्टेलको बजार खस्किंदै गइरहेको छ ?
अहिलेको चिप उद्योग तीव्र रफ्तारमा अघि बढिरहेको छ । एनभिदिया जस्तो कम्पनी एआई चिप निर्माण गरेर विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनेको छ । टीएसएमसीसँग यति धेरै काम छ कि यसको फ्याब्रिकेसन क्षमता पूर्ण रूपमा प्रयोग भइरहेको छ ।
सामसङ जस्तो कम्पनीले पनि प्रोसेसर निर्माणमा राम्रो प्रदर्शन गरिरहेको छ । उता एएमडीको पनि राम्रो प्रभाव छ । तर कुरा फेरि इन्टेलमा आएर अडिन्छ । प्रोसेसर निर्माण गर्ने सबैभन्दा पुरानो कम्पनी इन्टेल कसरी यस्तो अवस्थामा पुग्यो जसले गर्दा अहिले यसको अस्तित्व नै संकटमा परिरहेको छ ?
इन्टेलको सुरुवाती दिन सम्झिनुहुन्छ ? त्यसबखत यो कम्पनीले उच्च गुणस्तरका प्रोसेसरहरू निर्माण गर्थ्यो । त्यो पेन्टम प्रोसेसरको युग थियो । त्यसपछि कोर टु डुओ (Core 2 Duo) युग सुरु भयो । अनि कोर आईथ्री, आई फाइभ, आई सेभेन हुँदै पछिल्लो पुस्तासम्म आयो । पछिल्लो समय इन्टेल अल्ट्रा कोर प्रोसेस बजारमा आएको छ ।
इन्टेलले केवल पर्सनल कम्प्युटरहरू मात्र नभई सर्भर साइडको लागि ‘Xeon’ प्रोसेसर पनि निकाल्छ । यो पूर्ण रूपमा भर्टिकल इन्टिग्रेटेड कम्पनी हो । यसले चिप डिजाइन मात्र गर्दैन आफैं फ्याब्रिकेट गर्छ र बजारमा पुर्याउँछ । जब कि अन्य कम्पनीहरूले चिप डिजाइन मात्र गर्छन् र फ्याब्रिकेसनको काम अरूलाई दिन्छन् ।
स्मार्टफोन उद्योगमा त अर्को खेल छ । एआरएम कम्पनीले आर्किटेक्चर बनाउँछ । स्न्यापड्रागन र मिडियाटेक प्रोसेसर डिजाइन गर्छन् । त्यसपछि ती प्रोसेसरहरूको फ्याब्रिकेशन टीएसएमसीले गर्छ । एएमडीले पनि आफ्ना अधिकांश चिप्स टीएसएमसीमार्फत बनाउँछ । एनभिदिया जस्तो कम्पनीले पनि टीएसएमसीबाटै चिप बनाउँछ । तर इन्टेल एक भर्टिकल इन्टिग्रेटेड कम्पनी थियो । यसका आफ्नै फ्याब्स (फ्याब्रिकेशन युनिट्स) थिए, आफ्नै डिजाइनरहरू थिए । यहाँसम्म कि कुनै पनि चिप कम्पनीको भन्दा धेरै वर्कफोर्स इन्टेलसँग थियो । तर यति सबका बावजुद पनि इन्टेलको अवस्था यति किन खराब भयो ? यसलाई बिस्तारमा बुझौं ।
सबैभन्दा पहिले पीसी प्रोसेसरहरूको बजारमा इन्टेलले निकै प्रगति गरिरहेको थियो । तर २०१० देखि २०२० को बीचमा एउटा यस्तो समय आयो, जहाँ उनीहरू टिकटकको चक्रमा अड्किए । टिकटकको चक्र अर्थात् एकपटक डिजाइन परिवर्तन गर्नु र अर्कोपटक प्रोसेसरको फ्याब्रिकेसन प्रक्रिया अत्याधुनिक गर्नु । सुरुमा उनीहरूले २८ एनएम (न्यानोमिटर) प्रोसेसबाट काम थाले । त्यसलाई २० एनएमसम्म ल्याए र १४ एनएमसम्म झारे । तर त्यसपछि १४ एनएम प्रोसेसलाई २०२१ सम्म निरन्तर राखे । जब कि बजार विस्तारै अगाडि बढिरहेको थियो । आज २०२४ मा पनि इन्टेलको सेभेन सिरिजको प्रोसेसर आउँछ त्यो नाममा ‘सेभेन’ भए पि अझै १० एनएम वाला प्रोसेसमा आधारित छन् ।
यो एउटा आधारभूत कमजोरी थियो जहाँ इन्टेल पछि पर्यो । तर यो मात्र होइन २०१० देखि २०२० को बीचमा इन्टेल अरू धेरै कुरामा पनि चुकेको थियो । सबैभन्दा पहिले मोबाइल फोनमा इन्टेलले प्रोसेसरको बजार गुमायो । तपाईंलाई याद छ, एक समय असुसले इन्टेलका प्रोसेसरसहितको फोन बजारमा ल्याएको थियो । तर ती फोनहरू बजारमा खासै चलेनन् । सफल हुन सकेनन् र चाँडै बजारबाट हराए । र, यससँगै इन्टेलले मोबाइल फोनको प्रोसेसरमा काम नगर्ने निर्णय गर्यो । तर यसको विपरीत अन्य कम्पनी जस्तै मिडियाटेक र स्न्यापड्रागन यो क्षेत्रमा निरन्तर सक्रिय रहे । अन्ततः आजको अवस्थामा स्न्यापड्रागनले ल्यापटपका लागि पनि प्रोसेसर विकास गर्न सुरु गरिसकेको छ । जब कि इन्टेलले यो पूरै बजार गुमाउँदै गइरहेको छ ।
यससँगै इन्टेल पहिले मोडेम व्यवसायमा पनि अगाडि थियो । तर कम्पनीले आफ्नो मोडेम व्यवसाय एप्पललाई बेचिदियो । खासगरी एप्पलले आफ्नो फाइभजी मोडेम निर्माण गर्न सकोस् भनेर पनि बिक्री गरिएको थियो । तर, आज पनि एप्पलले आफ्ना आईफोनमा क्वालकम स्न्यापड्रागनको फाइभजी मोडेम प्रयोग गरिरहेको छ । भविष्यका आईफोनमा एप्पलले आफ्नै फाइभजी मोडेम प्रयोग गर्ने चर्चा छ ।
त्यसैगरी जीपीयू बजारमा इन्टेल निकै ढिलो प्रवेश गर्यो । अहिले बजारमा इन्टेलको आर्क जीपीयू (Arc GPU) मात्र आइरहेको छ । तर, ती एनभिदियाको आर्टीएक्सद्वारा सञ्चालित जीपीयू जत्तिको प्रभावकारी छैन ।
एएमडी राइजन (AMD Ryzen) बजारमा आएपछि यस कम्पनीले उत्कृष्ट कार्यक्षमता र पर्फमेन्समा केन्द्रित भयो । यसले एएमडीलाई फेरि प्रतिस्पर्धामा ल्यायो । आजको अवस्थामा इन्टेल पीसी बजारमा राम्रो प्रदर्शन गरिरहेको भए पनि फाइदामा जान सकेको छैन । अर्थात यस कम्पनीले ठूलो नोक्सानीको सामना गरिरहेको छ ।
यसको मुख्य कारणमध्ये एक हो, इन्टेलको भर्टिकल इन्टिग्रेसन । भर्टिकल इन्टिग्रेसनको फाइदा भनेको सबै काम आफैं गर्न सकिने भएपछि ती काम आफ्नो नियन्त्रणमा हुन्छन् । र, छिटो तथा प्रभावकारी रूपमा त्यसलाई कार्यान्वयन गर्न सकिन्छ । यतिसम्म कि कहाँ कहाँ के कस्तो परिवर्तन गर्ने भन्ने पनि सबै कम्पनीलाई थाहा हुन्छ । यसले गर्दा कम्पनीले आफूलाई प्रभावकारी रूपमा अगाडि सार्न सक्छ । र, धेरै पैसा पनि कमाउन सक्छ ।
भर्टिकल इन्टिग्रेसनको यही विशेषता हरेक कम्पनी अपनाउन चाहन्छन् । तर भर्टिकल इन्टिग्रेसनसँग एक मुख्य कमजोरी भनेको ‘कुनै पनि प्रक्रियामा समस्या आयो भने, पूरै प्रक्रिया तहसनहस हुनु’ हो । यो तासको घरजस्तै हो जहाँ एउटा पत्ता हटायो भने पूरा घर ढल्छ । यही कुरा इन्टेलमा पनि भयो । सानोतिनो समस्या नै उनीहरूको पतनको कारण बन्यो । त्यो मुख्य कारण थियो आफ्ना फ्याब्स (फ्याब्रिकेसन युनिट) मा अझै लगानी नगर्नु र पुरानो प्रविधिमा निर्भर रहनु । यसैकारण टीएसएमसी जस्तो कम्पनीले नयाँ प्रविधि अपनाउँदै अगाडि बढ्यो तर इन्टेल दौडमा पछि पर्यो ।
आजको अवस्थामा टीएसएमसीासले ‘टु’ एनएम चिप्सको ट्रायल उत्पादन सुरु गरिसकेको छ । तर इन्टेल अझै पनि सेभेन एनएम र फाइभ एनएमको स्तरमा पुग्न संघर्ष गरिरहेको छ । यद्यपि इन्टेलले आउँदो पाँच वर्षमा आफ्ना नोट्समा चार ठूला अपग्रेड गर्ने दाबी गरेको छ ।
इन्टेल अहिले भारी लागत कटौती गर्दैछ । उत्पादन लागत घटाउन र विभिन्न डिभिजनहरू बन्द गरेर खर्च बचत गर्न लागिपरेको छ ।
इन्टेलको अर्को ठूलो समस्या एआई चिप्सको दौड थियो । २०२० देखि आर्टिफिसियल इन्टेलिजेन्सको महत्व बढेको छ र यसले सबैभन्दा ठूलो लाभ एनभिदियालाई दियो ।
एनभिदिया पहिले ग्राफिक्स कार्ड निर्माण गर्दै राम्रो गरिरहेको थियो । तर, यस कम्पनीले वास्तविक सफलता एआई क्षेत्रमा प्रवेश गरेपछि पायो । एआईका लागि कम्प्युटर वा फोनमा एआई हार्डवेयर त्यति आवश्यता हुँदैन । यसमा त एआईको पावरको आवश्यकता हुन्छ । उदाहरणका लागि ओपन एआईका सबै सिस्टमहरू एनभिदियाका सर्वरमा चल्छन् । एलन मस्कको कम्पनी एक्स एआईको ग्रोक पनि एनभिदियाकै सर्भरद्वारा सञ्चालित छ ।
एनभिदियाले सर्भरका लागि आवश्यकता अनुसार विशेष चिप्स निर्माण गर्यो र ती चिप्सलाई ठूलो मात्रामा उत्पादन गर्यो । २०२० को कोभिड महामारीपछि पीसी उद्योग केही समयका लागि बढेको थियो तर त्यसपछि क्रमशः सुस्ताउँदै गयो ।
चिप कम्पनी मुख्य रूपमा आम्दानी पीसी वा ल्यापटपभन्दा सर्भरबाट गर्छन् । किनभने यस क्षेत्रको माग अत्यधिक छ । र, यही क्षेत्रमा एनभिदिया अग्रस्थानमा छ । एनभिदियाका चिप्सहरू टीएसएमसीले नै निर्माण गर्छ र उसैलाई फ्याब्रिकेसन गर्न लगहाउँछ । यसबाट पनि एनभिदिया राम्रै स्थानमा पुगेको छ ।
तर यता इन्टेल एआई दौडमा पनि पछि पर्यो । यो कम्पनी जीपीयू, मोबाइल फोन र एआई चिप्सको दौडमा निकै पछि पर्यो । अहिले कम्पनीले ल्याइरहेको एआई त्यस्तो स्तरका छैनन् जसलाई सर्भर साइटमा उपयोग गर्न सकियोस् । यद्यपि यस कम्पनीले ल्यापटप र अन्य डिभाइसका लागि इन-हाउस चिप्स डिजाइन गर्दैछन् । अर्कोतर्फ पीसी उद्योगमा एआरएम आधारित कम्पिटिसन सुरु भइसकेको छ । यहाँ स्न्यापड्रागन एक्स (Snapdragon X) को प्रवेश भइसकेको छ । र स्न्यापड्रागनले अन्य थुप्रै प्रोसेसर निकाल्न थालेको छ । मिडियाटेक पनि एआरएम आधारित प्रोसेसरहरू ल्याउने तयारी गरिरहेको छ ।
माइक्रोसफ्ट पनि एआरएम पावरमा केन्द्रित भइसकेको छ । जसले एआरएममा आधारित ल्यापटप र हार्डवेयरलाई बढीभन्दा बढी प्रोत्साहन दिन खोजिरहेको छ । यसैले गर्दा यो एउटा यस्तो बजार हो जसमा इन्टेल विस्तारै आफ्नो पकड गुमाउँदैछ । यही कारणले हालसालै इन्टेल र एएमडीले एक्स ८६ आर्किटेक्चरलाई अगाडि बढाउन साझेदारी गरेका छन् । एक्स ८६ पीसीको पुरानो आर्किटेक्चर हो । त्यसलाई अझै एडभान्स र प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।
तर अहिलेको अवस्था हेर्दा इन्टेल जसले उच्च वृद्धि देखाइरहेको थियो त्यो गति घट्दै गइरहेको छ । एएमडी पहिले इन्टेल भन्दा पछि थियो अहिले त्यसलाई पछि पार्न सफल भइरहेको छ । भविष्यमा इन्टेलले यस स्थितिलाई सुधार गर्न सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।
इन्टेल आफूलाई स्थापित गरिरहन थप्रै परिवर्तन गरिरहेको छ । उसले आफ्ना फैब्रिकेसन प्लान्टमा परिवर्तन गरेको छ । खासगरी इन्टेलले टीएसएमसीको फ्याब्रिकेसन प्रोसेसलाई उपयोग गरेर आफ्ना भविष्यका प्रोसेसर बनाउने प्रयास गरिरहेको छ । साथै सर्भरका लागि जोन (Zon) प्रोसेसरई अझ प्रभावकारी बनाउने योजनामा छ ।
त्यही समयमा इन्टेल थुप्रै व्यवसाय गुमाइरेहको छ । चाहे फोन व्यवसाय होस्, एआईमा ढिलो प्रवेश होस्, वा जीपीयूमा ढिलो उपस्थितिको कुरा होस् । यहाँसम्म कि एप्पल जुन एक प्रमुख ग्राहक थियो सन् २०२० मा कम्पनी आफ्नो एप्पल सिलिकनमा पूर्ण रूपमा केन्द्रित भयो । यसले इन्टेललाई ठूलो क्षति पुर्यायो ।
यद्यपि, चिप उद्योग अझै पनि उल्लेखनीय वृद्धि गर्न सक्षम छ । विभिन्न कम्पनीहरू यस क्षेत्रमा काम गरिरहेका छन् । चिप्स र प्रोसेसरको माग निरन्तर बढ्दै जानेछ । चाहे यो कुनै पनि ग्याजेटमा होस् वा एआई र सर्भर साइडमा नै किन नहोस् । भविष्यमा यस उद्योगको महत्व झन् बढ्नेछ ।
क्वान्टम कम्प्युटिङमा भइरहेको प्रगतिले प्रविधिको अर्को आयाम प्रस्तुत गरिरेहेको छ । हालै गुगलले आफ्नो ‘विल्लो’ नामक चिप सार्वजनिक गरेको छ । यसले क्वान्टम कम्प्युटिङमा नयाँ सम्भावनाहरू खोल्ने प्रयास गरेको छ । यदि इन्टेल यस दिशामा अघि बढ्न सक्यो भने यो कम्पनीका लागि भविष्यसूचक कदम हुन सक्छ ।
भविष्यका चिपको माग अत्यन्तै महत्त्वपूर्ण छ । साधारण प्रोसेसरको काम मात्र मोबाइलमा वा पीसीमा गेम खेल्नमा सीमित छैन । उत्कृष्ट प्रोसेसरको उपयोग जटिल गणितीय समीकरण हल गर्न, सिमुलेसन गर्न र इन्क्रिप्सन तोड्ने जस्ता काममा हुने गर्दछ । यी क्षेत्रमा अहिले पनि ठूलो माग छ र यसले इन्टेललाई लागि नयाँ अवसरहरू प्रदान गर्न सक्छ ।
तर, इन्टेलको भविष्य अहिले केही चुनौतीपूर्ण देखिन्छ । यदि यो कम्पनीले आफ्नो बजारमा पकड कायम राख्न सक्यो भने यसले ठूलो प्रगति गर्न सक्छ । अन्यथा यो कम्पनी विगतको सम्झनाका रूपमा मात्र रहन सक्ने विश्लेषण विज्ञहरूले गरेका छन् ।
यस वर्ष इन्टेलको प्रोसेसरमा विभिन्न समस्या आएको थियो । खासगरी १४ औं पुस्ताका केही प्रोसेसरमा समस्या देखिएको थियो । यसले गर्दा प्रयोगकर्ताले थुप्रै समस्या भोग्नुपरेको थियो । यद्यपि यी समस्याहरू सीमित सेटका प्रोसेसरमा मात्र आएको थियो । तर यसले इन्टेलको नकारात्मक प्रचारलाई थप मलजल गर्ने काम गर्यो ।
साथै पुराना प्रोसेसरमा सुरक्षासम्बन्धी कमजोरीहरू पनि देखिए । जसले इन्टेललाई थप समस्यामा पुऱ्यायो । अब, इन्टेलले बिजनेस टु बिजनेस र बिजनेस टु कस्टमर दुवै क्षेत्रमा काम गर्दै आफ्नो उत्पादन सुधार गर्न, राम्रो सेवा प्रदान गर्न र आफ्नो छवि पुनःस्थापित गर्न आवश्यक छ ।
इन्टेलले यस्तो बजारमा आफ्नो रणनीतिहरूलाई कसरी लागू गर्छ भन्ने हेर्न बाँकी छ । भविष्यमा यसले आफ्नो पकड बलियो बनाउन सक्छ वा प्रतिस्पर्धाबाट पछि पर्न सक्छ ? त्यो पनि यसको रणनीतिमै निर्भर हुन्छ ।