close

प्लेन जत्रो उल्कापिण्ड आज पृथ्वी नजिक आउँदै, के ठोक्किएला ?

टेकपाना टेकपाना

पुस ९, २०८१ १५:३९

प्लेन जत्रो उल्कापिण्ड आज पृथ्वी नजिक आउँदै, के ठोक्किएला ?

काठमाडौं । पृथ्वीको नजिकबाट उड्ने उल्कापिण्ड सधैं मानिसको जिज्ञासा र चासोको विषय बनेका छन् ।​ उल्कापिण्ड अर्थात् अन्तरिक्ष चट्टान प्रायः पृथ्वीलाई नोक्सान नगरीकनै नजिकबाट उडिरहेका हुन्छन् । तर, उनीहरूको आकार र दूरी कहिलेकाहीं डरलाग्दो हुन सक्छ । यसै साता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पाँच ओटा उल्कापिण्ड पृथ्वीको नजिकैबाट उडेर जाने जानकारी दिएको छ । 

त्यसमध्ये एउटा आज पौने छ बजे (नेपाली समय) पृथ्वीको नजिकैबाट उड्नेछ । १२० फिट आकार भएको यो उल्कापिण्ड पृथ्वीभन्दा ७२ लाख २० हजार किलोमिटर माथिबाट जानेछ । 

त्यस्तै बस जत्तिकै ठूलो ४१ फिट को उल्कापिण्ड पनि पृथ्वीको नजिकैबाट उड्नेछ । यसलाई २०२४ आईपी नाम दिइएको छ । यो २५ डिसेम्बरमा पृथ्वीको नजिक हुँदै जाने बताइएको छ । 

त्यस्तै अर्को छ ९५ फिट लामो २०२४ वाईएच नामको उल्कापिण्ड  । यो पृथ्वीको नजिकैबाट जानेछ । तर, पृथ्वीमा ठोक्किने छैन । 

नासाले खुलासा गरे अनुसार २०२४ वाईएच नामक यो एस्टेरोइडको आकार हवाइजहाज जत्तिकै छ । र यो ३७ हजार ५१६ किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको नजिकबाट उड्नेछ । यो उल्कापिण्ड पृथ्वीबाट करिब ३६ लाख ६० हजार किलोमिटरको सुरक्षित दूरीमा रहँदै आफ्नो नजिकको बिन्दुमा पुग्नेछ । जुन २०२४ डिसेम्बर २६ को साँझ ७:१९ बजे (नेपाली समय अनुसार) हुनेछ ।

यसको आकार र गतिका बाबजुद २०२४ वाईएचलाई ‘सम्भावित खतरनाक एस्टेरोइड’ (Potentially Hazardous Asteroid - PHA) को श्रेणीमा राखिएको छैन । नासाले १५० मिटरभन्दा ठूला र ७४ लाख किलोमिटरभित्र आइपुग्ने एस्टेरोइडलाई मात्र सम्भावित खतरनाक एस्ट्रोइड मान्दछ । यद्यपि २०२४ वाईएच पृथ्वी नजिकैबाटै जानेछ । यसको आकार र दूरीले कुनै पनि खतरा नरहेको सुनिश्चित गरिएको छ । 

नासाले निरन्तर रूपमा पृथ्वी नजिकका वस्तुहरू (Near-Earth Objects - NEOs) ट्र्याक गर्दछ । जसरी अन्य अब्जर्वेटिज (वेधशाला) जस्तै पान-स्टार्स (Pan-STARRS) र क्याटालिना स्काई सर्भे (Catalina Sky Survey) ले पनि सम्भावित खतराहरू पहिचान गर्दै यी अन्तरिक्ष चट्टानबारे हाम्रो बुझाइ बढाउन काम गरिरहेका छन् । जेट प्रोपल्सन ल्याब (जेपीएल) को गोल्डस्टोन सोलार सिस्टम राडार र नियो सर्भेयर (NEO Surveyor) जस्ता मिसनले यस्ता उल्कापिण्डको ट्र्याकिङमा महत्त्वपूर्ण भूमिका खेल्छन् र पृथ्वीको सुरक्षामा योगदान पुर्‍याउँछन् ।

त्यस्तै २७ डिसेम्बरमा २० फिटको २०१७ वाईडी टु नामको उल्कापिण्ड पृथ्वीभन्दा ६९ लाख किलोमिटर माथिबाट जानेछ । त्यस्तै २८ डिसेम्बरमा  २०२४ वाईसी वन नामको १७० फिट लामो उल्का पिण्ड पृथ्वीभन्दा ५९ लाख ६० किलोमिटर माथि देखिनेछ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८१ १५:३९