close

आईफोनपछि सामसङ फोनमा पनि आयो स्याटलाइट मेसेज फिचर, कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

पुस १४, २०८१ १५:३२

आईफोनपछि सामसङ फोनमा पनि आयो स्याटलाइट मेसेज फिचर, कसरी प्रयोग गर्ने ?

काठमाडौं । गत जनवरीमा ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गर्नुअघि त्यस फोनका विभिन्न फिचरबारे अफवाह फैलिएको थियो । विभिन्न रिपोर्टहरूले सो मोडेलमा एप्पलको नयाँ फोन जस्तै सामसङमा पनि स्याटलाइट मेसेजिङ सेवा हुने दाबी गरेका थिए । 

तर, सो सिरिज सार्वजनिक भइसकेपछि पनि दाबी गरिएका फिचरहरू उपलब्ध भएका थिएनन् । अहिले भने विस्तारै उक्त स्याटलाइट कनेक्टिभिटी फिचर उपलब्ध हुन थालेको छ ।

साम मोबाइलका अनुसार अमेरिकाका ग्यालेक्सी एस २४ र ग्यालेक्सी जेड फोल्ड सिक्सका प्रयोगकर्ताले स्याटलाइट मेसेजिङ फिचर पाउन थालेका छन् । तर, सबै ग्राहकले भने यो फिचर पाइसकेका छैनन् ।

विशेषगरी टी-मोबाइल (अमेरिकाको सिम प्रदायक कम्पनी) का प्रयोगकर्तामा पनि स्टारलिङ्कको सेवा परीक्षणका लागि आवेदन दिएका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएको साममोबाइलले उल्लेख गरेको छ । 

 टी-मोबाइलले यो सुविधा अगस्ट २०२२ मा घोषणा गरेको थियो । र, यस त्यसको झन्डै दुई वर्षपछि अर्थात् डिसेम्बरको सुरुवाततिर यस कम्पनीले स्याटलाइट मेसेजिङको ‘बेटा रजिस्ट्रेनस’ चाँडै प्रत्यक्ष सेलुलर स्याटलाइट सेवाका लागि उपलब्ध हुने घोषणा गरेको थियो । यसका लागि कुनै शुल्क लाग्ने छैन । तर, प्रयोगकर्तासँग पोस्टपेड अकाउन्ट हुनु पर्छ । 

अमेरिकाका प्रयोगकर्ताले अहिले यो फिचर परीक्षण गर्न दर्ता गर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

स्याटलाइट कनेक्टिभिटी आफ्नो डिभाइसमा सपोर्ट हुन्छ कि हुँदैन भन्ने जाँच्न तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले सेटिङ्समा जानुहोस् ।

  • अनि कनेक्सनमा जानुहोस् । 

  • त्यसपछि स्याटलाइट नेटवर्कको अप्सनमा जानुहोस् । 

फिचर उपलब्ध रहेछ भने एक पटक सेटअप गरिसकेपछि तपाईंले स्याटलाइट कनेक्टिभिटीको प्रयोग गरी मेसेज पठाउन र पाउन सक्नुहुन्छ । टी-मोबाइल स्टारलिङ्क सेवा अझै पनि बेटा भर्सनमै छ । यो सर्वसाधारणका लागि सार्वजनिक भएपछि टी-मोबाइल एन्ड्रोइड फोनमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ १५:३२