एलन मस्कले अस्वीकार गरे नोबेल शान्ति पुरस्कार, भन्छन्ः मलाई कुनै सम्मान चाहिँदैन
माघ १९, २०८१ १२:२५
काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले नोबेल शान्ति पुरस्कारको लागि गरिएको मनोनयन अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्तालाई रिप्लाई दिँदै मस्कले मनोनयन ठाडै अस्वीकार गरेका हुन् ।
उनले एक्समा पोस्ट राख्दै आफूलाई कुनै पनि पुरस्कार नचाहिएको बताए । युरोपेली संसद्का सदस्य ब्रान्को ग्रिम्सले मस्कलाई एक्समार्फत अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गरेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए ।
BREAKING: Elon Musk has been nominated for the 2025 Nobel Peace Prize in recognition of his efforts to protect free speech. pic.twitter.com/GfchEj1ivg
— DogeDesigner (@cb_doge) January 29, 2025
मस्क लेएक्समा लेखेका छन्, “मलाई कुनै पनि पुरस्कार चाहिँदैन ।”
आफ्नो कामको लागि कुनै पहिचान नखोजेको भन्दै अहिले मस्कको चर्चा भइरहेको छ । ब्रान्को ग्रिम्सले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गरेकोमा मस्कको प्रशंसा गरेका थिए । ग्रिम्सले मस्कले मानव अधिकारको रूपमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गरेको बताए ।
The proposal that Mr. Elon Musk, for his consistent support for the fundamental human right of freedom of speech and thus for peace, receives the Nobel Peace Prize 2025, was successfully submitted today. Sincere thanks to all the co-proposers and everyone who helped with this… pic.twitter.com/QdI4fnbzdU
— Branko Grims (@BrankoGrimsX1) January 29, 2025
सन् २०२२ मा ट्वीटरलाई एक्समा परिवर्तन गरेपछि मस्कले विवादास्पद निर्णयहरू लिएका छन् । उनले कयौं प्रतिबन्धित व्यक्तिहरूलाई प्लेटफर्ममा फर्काएका छन् र सामग्री नियमन नीतिलाई खुकुलो बनाएका छन् । कतिपयले यसलाई अनलाइन अभिव्यक्ति स्वतन्त्रताको लागि राम्रो कदम भनेका छन् भने कतिपयले आलोचना गरेका छन् ।
एक्सको व्यवस्थापनलाई लिएर पनि मस्क आलोचित हुन पुगेका छन् । आलोचकले उनको नीतिले गर्दा गलत तथा भ्रामक सूचना, दुर्व्यवहार र घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) बढेको आरोप लगाएका छन् । यसले सार्वजनिक बहसलाई नकारात्मक असर पारेको उनीहरूको तर्क छ ।
नोबेल पुरस्कार चयन प्रक्रिया एक व्यवस्थित र कठोर प्रक्रिया हो । यसमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनयन गर्न र मूल्याङ्कन गर्न समावेश गरिन्छ । प्रत्येक वर्ष विभिन्न क्षेत्रका व्यक्तिहरूलाई नोबेल पुरस्कारका लागि सम्भावित उम्मेदवारहरू प्रस्ताव गर्न आमन्त्रित गरिन्छ ।
नोबेल समितिले मनोनयनका लागि आह्वान गरेपछि यो प्रक्रिया प्रत्येक वर्ष सेप्टेम्बरमा सुरु हुन्छ । मनोनयन बुझाउने अन्तिम मिति अर्को वर्षको ३१ जनवरीसम्म हुन्छ । त्यसपछि, समितिले योग्यता र विश्वसनीयताका लागि मनोनयनको जाँच गर्छ । फेब्रुअरीमा, समितिले पेश गरिएका मनोनयनहरूको समीक्षाको आधारमा प्रारम्भिक उम्मेदवारहरूको सूची तयार गर्छ ।
नोबेल समितिले मनोनित उम्मेदवारको योग्यताको बारेमा जानकारी र रायहरू लिन मार्चदेखि मेसम्म सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गर्छ । यस प्रक्रियाले समितिलाई विज्ञ सिफारिसको साथ विस्तृत रिपोर्ट तयार गर्न मद्दत गर्छ । यसलाई जुन र अगस्टको बीचमा अन्तिम रूप दिइन्छ ।
सिफारिस राम्ररी समीक्षा गरिसकेपछि समितिले अक्टोबरमा अन्तिम छनोट गर्छ । त्यसपछि छानिएका उम्मेदवारलाई त्यस वर्षको नोबेल पुरस्कार विजेताको रूपमा घोषणा गरिन्छ ।
पछिल्लो अध्यावधिक: माघ १९, २०८१ १२:३४
