काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गरी ‘एनिभर्सरी प्याकेज’ सार्वजनिक गरेको छ । आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने यस प्याकेजमा विभिन्न अफर प्रदान गरिएको छ ।
यसअन्तर्गत एक दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेट टेलिकम नम्बरमा कल गर्ने सुविधा मात्र रु. ५९ मा उपलब्ध हुनेछ । त्यस्तै, एक महिनासम्म कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल गर्न रु. ४९९ को प्याक खरिद गर्न सकिनेछ ।
कम्पनीले रु. ५९९ मा एक महिनाका लागि अनलिमिटेड डेटा प्याक समेत ल्याएको छ । अझ राम्रो अनुभवका लागि रु. ७९९ मा अनलिमिटेड प्रिमियम डेटा प्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै, थप सुविधा सहितको फेस्टिभ कम्बो प्याक रु. ७९९ मै खरिद गर्न सकिने छ ।
कम्पनीले वार्षिकोत्सव अफरमा यस वर्ष डेटा र भ्वाइस सेवा दुवैमा विशेष अफर प्रदान गरेको छ । प्रयोगकर्ताहरूले यी अफरहरू नेपाल टेलिकमको मोबाइल एप, यूएसएसडी कोड वा अनलाइन पोर्टलमार्फत खरिद गर्न सक्नेछन् ।