काठमाडौं । नेपालमा भिभो एक्स २०० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रमबीच भिभोको पछिल्लो फ्ल्यागशिप मोडेल सार्वजनिक गरिएको हो ।
यसअन्तर्गत कम्पनीले मार्च ५ गतेसम्म प्रि-बुकिङ गर्ने ग्राहकलाई १० हजार क्यासब्याकको अफर दिनेछ । क्यासब्याक नलिने ग्राहकलाई १०० एमबीपीएस गतिको डिशहोम इन्टरनेट १५ महिनाका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
भिभो एक्स २०० प्रोमा १६ जीबी फिजिकल र १६ जीबी भर्चुअल र्याम दिइएको छ भने ५१२ जीबी क्षमताको इन्टर्नल स्टोरेज छ ।
३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यस फोनको पछाडि भागमा ट्रिपल क्यामेरा सेटअप छ । यसअन्तर्गत २०० मेगापिक्सेलको मुख्य सेन्सर र ५०/५० मेगापिक्सेलको अल्ट्रा वाइड र डेप्थ सेन्सर छ । फोनमा स्न्यापशट, ल्यान्डस्केप, पोट्रेट, हाई रेजोलुसन, पानो, अल्ट्रा एचडी डकुमेन्ट लगायतका क्यामेरा फिचर उपलब्ध छन् ।
मिडियाटेक डाइमेन्सिटी ९४०० प्रोसेसर रहेको फोनमा अक्टाकोर सीपीयू पाउन सकिन्छ ।
एन्ड्रोइड भर्सन १५ समावेश यो फोन फनटच ओएस १५ अपरेटिङ सिस्टममा चल्छ । स्मार्टफोनमा ६,००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि ९० वाटको फ्ल्याश चार्जर र ३० वाटको वायरलेस चार्जर उपलब्ध छ ।
नेपाली बजारमा भिभो एक्स २०० प्रो टाइटेनियम, ब्ल्याक र ब्ल्यू कलरमा उपलब्ध हुनेछ । टाइटेनियम र ब्लु कलर भएको मोबाइलको आकार १६२.३६ × ७५.९५ × ८.४९ एमएम तथा ब्ल्याक रङको स्मार्टफोनको आकार १६२.३६ × ७५.९५ × ८.२० एमएम रहेको छ ।
ब्ल्याक कलरको स्मार्टफोन २२३ ग्राम र टाइटेनियम र ब्लु कलरको तौल २२८ ग्राम रहेको छ ।
थ्रीडी अल्ट्रासोनिक सिङ्गल-पोइन्ट फ्रिङ्गरप्रिन्ट सेन्सर रहेको स्मार्टफोनमा ६.७८ इन्चको डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा २८०० × १२६० पिक्सेलको रेजोलुसन रहेको छ ।
नेपाली बजारमा यो फोनको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।