close

भिसा कार्डमार्फत धेरै खर्च गर्नेमा नबिल बैंकका ५ ग्राहक, पाए विदेश भ्रमणको टिकट

टेकपाना टेकपाना

चैत ८, २०८१ १४:३८

भिसा कार्डमार्फत धेरै खर्च गर्नेमा नबिल बैंकका ५ ग्राहक, पाए विदेश भ्रमणको टिकट

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक विजेता बनेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने शीर्ष २५ कार्डवाहकमध्ये उनीहरू परेका हुन् ।

भिसाका अनुसार भाग्यशाली विजेताहरूले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेका छन् ।

नबिल बैंकले हालै एक कार्यक्रम आयोजना गरी आफ्ना पाँच विजेताहरूलाई सम्मान तथा उपहार वितरण गरेको छ । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भूपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्मा, भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक नबिल बैंकले हाल २४ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८१ १४:३८