काठमाडौँ । सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धनका लागि निजी क्षेत्रसँग मिलेर यो अभियान अगाडि बढाइने जानकारी दिए ।