काठमाडौँ । जंगली हात्तीबाट हुने आक्रमणका कारण हुने जनधनको क्षति रोकथाम गर्न सोलार फेन्सिङ प्रविधि प्रयोग गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममा यो कार्यक्रम समेटिएको हो ।
“हात्तीको प्राकृतिक मार्गको संरक्षण तथा नियन्त्रणका लागि आधुनिक प्रविधिसहितको सोलार फेन्सिङ प्रयोग गरिनेछ,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने ।