close

कामना सेवा विकास बैंकको नयाँ सुविधाः मोबाइल एपबाटै मुद्धती खाताको कर्जा

टेकपाना टेकपाना

असार १२, २०८२ १५:३७

कामना सेवा विकास बैंकको नयाँ सुविधाः मोबाइल एपबाटै मुद्धती खाताको कर्जा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मुद्धती खाता भएका ग्राहकका नयाँ सुविधा सुरु गरेको छ । बैंकले मुद्धती खातामा भएको रकमको आधारमा मोबाइल बैंकिङ एप ‘KSiMobile’ मार्फत नै कर्जा लिने सुविधा सुरु गरेको छ । 

नयाँ सुविधासँगै शाखामा नगई मोबाइल एपबाटै कर्जा आवेदन दिन सकिने र स्वीकृत रकम तुरुन्तै खातामा जम्मा हुने बैंकले जनाएको छ । 

बैंकले यसअघि नै अनलाइन खाता खोल्ने र मोबाइल एपबाट मुद्धती खाता खोल्ने सुविधा सञ्चालन गरिसकेको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४८