काठमाडौँ । डिशहोमले चर्चित थकाली ब्रान्ड ‘मेलुङ थकाली’ सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारी अन्तर्गत डिशहोमका सक्रिय ग्राहकले मेलुङ थकालीका सबै आउटलेटहरूमा थकाली परिकारमा १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत यो सुविधा उपलब्ध हुने बताइएको छ । डिशहोमका सक्रिय ग्राहकहरूले ‘माई डिशहोम’ एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गरेपछि होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्न सक्नेछन् । मेलुङ थकालीका आउटलेटहरूमा यो कार्ड देखाएर ग्राहकले छुट प्राप्त गर्न सक्ने डिशहोमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
हाल मेलुङ थकालीका पाँच आउटलेटहरू एयरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा सञ्चालनमा छन् । साथै, कम्पनीले थप शाखाहरू विस्तार गर्ने क्रममा रहेको जनाएको छ । यो साझेदारीले डिशहोमका ग्राहकलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहितको सुविधा प्रदान गर्ने विश्वास लिइएको छ ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सहसंस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबिच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीबारे टिप्पणी गर्दै भने, “यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।”
डिशहोमले ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्ने उद्देश्यले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम सुरु गरेको हो । कम्पनीले आगामी महिनाहरूमा यस कार्यक्रममा थप शीर्ष ब्रान्डहरूलाई समावेश गर्ने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ २३:१०
