close

शेयर बजार असोज २ गतेसम्म बन्द, अवस्था सामान्य भए असोज ५ बाट खुल्ने

टेकपाना टेकपाना

भदौ २७, २०८२ १६:५४

शेयर बजार असोज २ गतेसम्म बन्द, अवस्था सामान्य भए असोज ५ बाट खुल्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले २ असोजसम्म शेयर कारोबार बन्द गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेप्सेले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्राप्त स्वीकृतिअनुसार २९ भदौदेखि २ असोजसम्म दोस्रो बजारमा शेयर किनबेच रोकिएको जनाएको हो ।

यसअघि नेप्सेले विद्यमान परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताहरूको आग्रहअनुसार बुधबार र बिहीबार शेयर बजार बन्द गर्ने निर्णय गरेको थियो ।

अवस्था अझै सामान्य नभएकाले नेप्सेले नियामक निकाय सेबोनबाट स्वीकृति लिएर २ असोजसम्म बजार बन्द राख्ने निर्णय गरेको हो । असोज २ गते बिहीबार परेकाले ३ र ४ असोजमा पनि कारोबार हुने छैन । शुक्रबार र शनिबार शेयर बजार बन्द हुन्छ ।

अवस्था सामान्य भएमा अब ५ असोजदेखि मात्र दोस्रो बजारमा कारोबार सुरु हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १७:१५