दशैँ-तिहारमा गोदरेजको अफर, होम अप्लायन्स खरिदमा ३१,५०० सम्म क्याशब्याकसँगै आकर्षक उपहार
असोज ७, २०८२ २२:५६
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा बिक्री-वितरण गर्दै आएको गोदरेज एप्लायन्सेसका लागि नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘मनैदेखि WOW!’ नाम दिइएको योजना ल्याएको हो ।
यस अन्तर्गत गोदरेजका विभिन्न उपकरणको खरिदमा आकर्षक उपहार र नगद छुटको व्यवस्था गरिएको उल्लेख छ । यो योजना अन्तर्गत गोदरेजका साइड बाई साइड रेफ्रिजरेटर, वाशिङ मसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डिप फ्रिजर र एयर कुलर जस्ता उत्पादनहरूमा विभिन्न अफरहरू उपलब्ध छन् ।
कम्पनीका अनुसार साइड बाई साइड रेफ्रिजरेटरको खरिदमा वाटर डिस्पेन्सर उपहार स्वरूप पाउन सकिनेछ । त्यस्तै, फ्रन्ट लोड वाशिङ मसिन खरिद गर्दा ६ केजी एरियल र टप लोड/ट्विन टब वाशिङ मसिनमा ३ केजी एरियल डिटर्जेन्ट पाउडर पाइनेछ ।
एयर कन्डिसनर (एसी) को खरिदमा कम्पनीले निःशुल्क जडानको सुविधा दिनेछ । उपहारका साथै उपभोक्ताले ३१ हजार ५०० रुपैयाँसम्मको आकर्षक क्याशब्याक, निःशुल्क डेलिभरी, सहज एक्स्चेन्ज तथा किस्ताबन्दी (ईएमआई) को सुविधा पनि लिन सक्नेछन् ।
गोदरेजले उपभोक्ताका आवश्यकता र चाडपर्वको महत्त्वलाई ध्यानमा राख्दै यो योजना ल्याइएको बताएको छ । ‘मनैदेखि WOW!’ स्किममार्फत उपभोक्तालाई चाडपर्वमा परिवारसँग खुसी बाँड्न र घरलाई नयाँ आधुनिक उपकरणले सजाउन प्रेरित गर्ने कम्पनीको अपेक्षा छ ।
गोदरेज भारतीय होम एप्लायन्सेस ब्रान्ड हो, जसले सन् १९५८ मा फ्रिज उत्पादन गर्ने पहिलो भारतीय कम्पनीका रूपमा आफ्नो यात्रा सुरु गरेको थियो । ‘Things Made Thoughtfully’ को भिजनमा चल्ने यस ब्रान्डले नवीन प्रविधि, उपयोगी डिजाइन र वातावरणमैत्री उत्पादनहरूमा जोड दिँदै आएको छ । नेपालमा यसका उत्पादनहरू चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ २२:५६
