close

‘आविष्कार केन्द्रले मान्छे बोक्ने ड्रोन बनाएको छैन, हाम्रो ड्रोनले ४५ केजीसम्म मात्र बोक्छ’

टेकपाना टेकपाना

कात्तिक १, २०८२ १६:२०

‘आविष्कार केन्द्रले मान्छे बोक्ने ड्रोन बनाएको छैन, हाम्रो ड्रोनले ४५ केजीसम्म मात्र बोक्छ’

काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि राष्ट्रिय आविष्कार केन्द्रले मानिस बोक्ने ड्रोन बनाएको दाबीसहितका भिडिओ भ्रामक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्पष्ट पारेका छन् । शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले आफ्नो फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । 

“केही सामाजिक सञ्जालले ‘राष्ट्रिय आविष्कार केन्द्रमा बनेको’ भनेर मान्छे बोकेर उडाएको ड्रोनको भिडिओ प्रचारप्रसार गरेका छन्,” पुनले फेसबुकमा लेखेका छन्, “त्यो मान्छे बोक्ने ड्रोन राष्ट्रिय आविष्कार केन्द्रले बनाएको होइन ।”

उनले अगाडि भनेका छन्, “राष्ट्रिय आविष्कार केन्द्रमा अहिले ४५ किलोग्रामसम्म बोक्न सक्ने (तल फोटोमा देखाएजस्तै) ड्रोन बनाएर परीक्षण हुँदैछ ।”

सामाजिक सञ्जाल प्रयोगकर्ताले फिलिपिन्समा एक व्यक्तिले उडाएको मान्छे बोक्ने ड्रोनलाई नेपालको भन्दै प्रचार गरेका थिए । टेकपानाले यस विषयमा फ्याक्टचेक गरेको थियो । 

 


 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ १६:४५