close

एनपीएल हेर्न अब इसेवा र खल्तीबाटै डिशहोम गोको सब्स्क्रिप्सन लिन सकिने

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १८:४७

एनपीएल हेर्न अब इसेवा र खल्तीबाटै डिशहोम गोको सब्स्क्रिप्सन लिन सकिने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न डिजिटल वालेट इसेवा र खल्तीबाटै डिशहोम गोको सब्स्क्रिप्सन लिन सकिने भएको छ । प्रयोगकर्ताको सहजताका लागि डिशहोमले बुधबारदेखि भुक्तानीको नयाँ विकल्प थप गरेको हो । 

यसअघि डिशहोम गो एपबाट मात्र सब्स्क्रिप्सन लिन सकिने व्यवस्था थियो । कम्पनीका अनुसार सब्स्क्रिप्सनका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोली त्यहाँ रहेको डिशहोम गोको आइकनमा ट्याप गर्नुपर्नेछ । त्यसपछि आफ्नो इमेल ठेगाना राखेर भुक्तानी प्रक्रिया पूरा गरेपछि इमेलमा एउटा कुपन कोड प्राप्त हुनेछ । 

उक्त कुपन कोडलाई डिशहोम गो एपको मेनुमा गई ‘सब्स्क्राइब नाउ’ भित्र रहेको कुपन कोड बक्समा राखेपछि एनपीएल हेर्नका लागि सब्स्क्रिप्सन सक्रिय हुनेछ । यससँगै अब अन्य प्रयोगकर्तालाई कुपन कोड खरिद गरेर सब्स्क्रिप्सन एक्टिभेट गर्न पनि सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १९:१७