close

२४ महिनाको वारेन्टीसहित माइडियाका पाँच इन्डक्सन नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन २९, २०८२ १६:३

२४ महिनाको वारेन्टीसहित माइडियाका पाँच इन्डक्सन नेपाली बजारमा

काठमाडौँ । पछिल्लो समय ग्यास आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै माइडिया ब्राण्डले नेपाली बजारमा इन्डक्सन हब सार्वजनिक गरेको छ । कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले इन्डक्सन हब अन्तर्गत पाँच मोडेल भित्र्याएको हो ।

मध्यपूर्व क्षेत्रमा बढ्दो भू-राजनीतिक तनाव र इजरायल-अमेरिका तथा इरानमा चलिरहेको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा तथा ग्यास आपूर्तिमा असर परेको छ । जसको प्रभाव नेपालमा समेत देखिन थालेको छ । यस्तो अवस्थामा खाना पकाउन ग्यासको विकल्पको रूपमा विद्युतीय इन्डक्सनहरू उपयुक्त हुने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित हिसाबले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ । माइडियाका इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुश बटन कन्ट्रोल, ठुलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी जस्ता सुविधा छन् ।

कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने यी इन्डक्सनले प्रयोगकर्ताको दैनिक प्रयोगलाई सहज बनाउने कम्पनीले दाबी छ । 

नेपाली बजारमा हाल MC-CLC22W15, MC-VS213R-EMC, RTY2014, SKY1914 तथा MC-3D3001R212 गरी पाँच फरक मोडेलका इन्डक्सन उपलब्ध छन् । यी मोडेलहरू फरक-फरक पावर क्षमतासहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी सबै  सबै उत्पादनमा २४ महिनाको वारेन्टी समेत उपलब्ध हुनेछ । 

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १६:८