close

एसईई पास विद्यार्थीलाई कक्षा ११-१२ मा छात्रवृत्ति दिँदै काठमाडौँ महानगर, अनलाइनबाटै आवेदन दिनमिल्ने

टेकपाना टेकपाना

बैशाख ३०, २०८३ ८:२३

एसईई पास विद्यार्थीलाई कक्षा ११-१२ मा छात्रवृत्ति दिँदै काठमाडौँ महानगर, अनलाइनबाटै आवेदन दिनमिल्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भर्खरै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई आफू मातहतका संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले इच्छुक विद्यार्थीबाट अनलाइन आवेदन भर्न आह्वान गरेको हो ।

प्राप्त आवेदनको आधारमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइनेछ । यसका लागि विद्यार्थीहरूले entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आवेदन दिने मिति १ जेठ २०८३ को बिहान १०ः०० बजेदेखि १० जेठ २०८३ को राति ११ः५९ बजेसम्मका लागि तोकिएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीको परीक्षा भने १७ जेठ २०८३ का दिन बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् ।

विषयहरूको अङ्कभार, विद्यालय छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहितको विस्तृत विवरण महानगरपालिकाको वेबसाइट kathmandu.gov.np मा हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ ८:२९