close

फोनमार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

टेकपाना टेकपाना

जेठ २, २०८३ १५:३३

फोनमार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी विभिन्न कार्यालयका कर्मचारीलाई फोनमार्फत धम्क्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत घर भई हाल काठमाडौँको शङ्खमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन् ।

प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गर्दै कर्मचारीलाई धम्क्याएको जानकारी प्राप्त भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई कानुनी कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो ।

आरोपी खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पनि हुन् ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १५:३५