काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लाग...
